सप्तरी प्रिमियर लिग : अरनिको र राहुल चम्किदा बजाज खडक वारियर्स विजयी

चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमीयर लिग सप्तरीको राजविराजमा सुरु भएको छ।

राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो।

राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षेतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले ५० रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दिपेश कंडेलले समान दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।

Rahul Mandal

टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षेतीमा १३९ रन बनायो। उसको लागि ओपनर अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बजाज खडक वारियर्सका अरनिको यादव घोषित भए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे टिभीएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्ट्स प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपमेयर साधना झाले बलिंग गर्दै गर्नुभएको थियो। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रेवतीरमन शर्मा, खडक नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कुन्दन कर्ण, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ लगायत अथितिहरुको सहभागिता थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]