सुरु भयो एसिया कप तयारी

नेपाली महिला क्रिकेट टिमले नोभेम्बर २६ थाईल्याण्डमा सुरु हुने महिला एसिया कप प्रतियोगिको तयारी आज देखि थालेको छ l

गत महिना महिला बिश्वकप एसिया छनौट प्रतियोगिताको उपविजेता हुँदै महिला एसिया कप खेल्न नेपाली टिम छनौट भएको थियो l एसियन क्रिकेट काउन्सिल द्वारा आयोजना हुने प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र आयोजक थाईल्याण्ड सहभागी हुँदैछन् l

नेपाली टिमको प्रशिक्षण राजु बस्नेतनै रहने छन् l बिश्वकप एसिया छनौट प्रतियोगिताकै प्रारम्भिक १८ जनाको टिमलाई बन्दसत्रमा राखेर अभ्यास सुरु गरिएको नेपाल क्रिकेट संघ प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाले विकेटनेपाललाई जानकारी दिएका छन् l अन्तरास्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) र एसीसीले नेपाली टिमको अभ्यास खर्च बेहोर्ने समेत लामाले जानकारी दिए l

logo378

टियु क्रिकेट मैदानमा नेपाली टिमले आज फिटनेसमा समय बितायो र भोलि पनि बिहान ८ देखि १२ बजे सम्म फिटनेसमै समय बिताउनेछ l

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ), सिता रानामगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा मगर, निरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, लक्ष्मी चौधरी, संगीता राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, अनुराधा चौधरी, रश्मि शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर 

टि-२० फर्म्याटमा खेलाइने महिला एसिया कप प्रतियोगितामा नोभेम्बर २६ मा पाकिस्तान संग पहिलो खेल खेल्ने नेपालले त्यसपछि नोभेम्बर २८ मा श्रीलंका, नोभेम्बर २९ मा बंगलादेशडिसेम्बर २ मा भारत संग प्रतिस्पर्धा गर्नेछ l

राउण्ड रोबिन अन्तर्गत खेलिने प्रतियोगिताको अंक तालिकामा शिर्ष स्थानमा रहने २ टोलि बीच फाईनल खेल डिसेम्बर ४ तारिकमा खेलिनेछ l

 यो पनि पढ्नुस :- 

नेपालको पहिलो खेल पाकिस्तान संग





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]