एसिया कपका लागी १७ सदस्यीय नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले एसिया कप क्रिकेट प्रतियोगिताको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । सोमबार क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

एसिया कप क्रिकेटका १६ औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी छन् । एसियाका टेस्ट खेल्ने राष्ट्रहरू पनि एसिया कपमा सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया टोली भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल मुल्तानमा खेलिने छ ।

यसैगरी नेपालले दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]