डिपिएल-३: अत्तरियासंग काठमाडौँ सहजै पराजित, क्वालीफायरमा दुवै टिम पुनः भेट्ने पक्का

धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको छ।

आजको जितसँगै अत्तरियाले ८ अङ्क बटुल्दै अङ्कतालिकाको शीर्ष स्थानमा रह्यो भने काठमाण्डौ गोल्डेन्सले पहिलो हार व्यहोर्दा ३ जित र १ खेल बर्षाले प्रभावित भएपछी दोश्रो स्थानमा चित्त बुझायो। यस्तै रुपन्देही च्यालेन्जर्स तेस्रो स्थान र महेन्द्रनगर युनाइटेड चौथो स्थानमा रह्यो।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो क्वालिफायरमा पुनः अत्तरिया र काठमाण्डौ प्रतिस्पर्धा गर्नेछन् भने बिहिबार हुने इलिमीनेटरमा रुपन्देही र महेन्द्रनगर एकअर्काको सामना गर्नेछन्। पहिलो क्वालिफायरको बिजेता फाइनल प्रबेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशको लागि दोश्रो क्वालिफायरमा इलिमिनेटरको बिजेतासँग खेल्नेछ।

फाप्ला मैदानमा सम्पन्न खेलमा काठमाण्डौले दिएको ७६ रनको लक्ष्य पछ्याएको अत्तरियाले ३ विकेट गुमेर १७ ओभरमा लक्ष्य भेटायो।

अत्तरियाको लागि सुबेन्दु पाण्डे र जयकिशन कोल्सावालाले राम्रो सुरुवात दिलाए। ६.१ ओभरमा पहिलो विकेटको रुपमा सुबेन्दु पाण्डे ५ रन बनाएर ललित राजबंशीको आर्म बलमा आउट भएका थिए।

त्यसपछि कोल्सवालाले प्रेम तामांगसँग २५ रन तथा दिपेन्द्र ऐरीसँग १३ रनको साझेदारी गरे। तामांग १० रन बनाएर तेह्रौं ओभरको दोश्रो तेस्रो बलमा पहिलो स्लिपमा क्याच भए। उनले आफ्नो दोश्रो बलमा नै ललित राजबंशीलाई लंगअनको दिशामा छक्का प्रहार गरेका थिए।

त्यस्तै कोल्सवाला ३३ रनको महत्त्वपूर्ण पारि खेल्दै रशिद खानको बलमा डिप पोइन्टको दिशामा कट हान्न खोज्दा योगेन्द्र कार्कीद्वारा समातिए। उनले ४२ बलमा ५ चौका प्रहार गरेका थिए। उनि ६३ रनको योगफलमा पन्ध्रौँ ओभरको चौथो बलमा आउट भएका थिए।

चौथो विकेटको लागि कप्तान दिपेन्द्र ऐरी र सन्दिप जोराले १२ रनको साझेदारी गर्दै खेल जिताए। ऐरीले २० रन बनाउन ११ बलमा ३ चौका प्रहार गरे। यस्तै जोराले १ चौका सहित ७ रन बनाउँदा ९ बलको सामना गरे।

सत्रौं ओभरको अन्तिम बलमा जोराले कभरको दिशामा चौका प्रहार गर्दै खेल जिताए।

बलिंगतर्फ रशिद खान, ललित राजबंशी र सुर्य तामांगले १/१ विकेट लिए।

अत्तरियालाई अपराजित काठमाडौंको ७६ रनको लक्ष्य

फाप्ला क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लले टस जितेपछी पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए। उसले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७५ रन बनाएको थियो।

काठमाण्डौका अनिल शाह ६ रनको योगफलमा दोश्रो ओभरको अन्तिम बलमा भुवन कार्कीलाई रिभर्स स्विप हान्ने चक्करमा एज लागेर विकेट किपर कोल्सवालाको हातबाट क्याच आउट भएका थिए। उनले ५ रन बनाए।

६ रनको योगफलमा नै अर्का ओपनर गौरव तोमर सन्नी पटेलको बलमा १ रन बनाउंदै एलबिडब्ल्यु धरापमा परेका थिए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र अंकित दबासले ९ ओभरको सामना गर्दै २५ रनको साझेदारी गरे। सोहि बिचमा सन्नी पटेलले ज्ञानेन्द्र मल्ललाई मेडन ओभर समेत गरेका थिए।

दबास अत्तरियाको किफायती बलिंगलाई रोक्नको लागि रामनरेश गिरिलाई ठुलो सट हान्न खोज्दा बोल्ड भए। उनले २० बलको सामना गर्दा १० रन बनाए। अघिल्लो बलमा बाउन्ड्रीलाइनमा सन्दिप जोराले उत्कृस्ट फिल्डिंग गर्दै ३ रन बचाएका थिए।

टिमको स्कोर ३७ रन रहेको बेला मेहबुब आलम पनि चौथो विकेटको रुपमा आउट भएका थिए। उनलाई दिपेन्द्र ऐरीले ड्राइभ हान्नको उक्साएका थिए जसमा एज लागेर बल ऐरीकै हातमा पुग्यो।

योगेन्द्र कार्कीले ज्ञानेन्द्र मल्लसँग २३ रनको साझेदारी गर्दा पन्ध्रौँ ओभरको चौथो बलमा छक्का, छैठौं बलमा चौका र मल्लले सोह्रौं ओभरको पहिलो बलमा चौका प्रहार गरेका थिए। तर सोह्रौं ओभरकै अन्तिम बलमा रामनरेश गिरिकै बलमा योगेन्द्र कार्की आउट भए। उनले १३ रन बनाए।

त्यसपछि सोनु तामांगपनि १ रनको व्यक्तिगत स्कोरमा रन आउट भए भने अठारौँ ओभरको पहिलो बलमा सन्नी पटेललाई चौका प्रहार गरेपछि चौथो बलमा ३२ रनमा रन आउट भए। ४९ बलमा २ चौका प्रहार गरेका उनलाई दिपेन्द्र ऐरीले २ रन लिन खोज्दा ऐरीले कभरको दिशाबाट सिधै स्टम्पमा हानेका थिए।

ज्ञानेन्द्र मल्ल ६९/७ को अवस्थामा आउट भए। त्यसपछि अन्तिम १० बलमा मात्र ४ रन बन्दा प्याडल स्विप खेल्नेक्रममा बिशौं ओभरको तेस्रो बलमा नन्दन यादव आउट भए। उनको ब्याट र बलको कुनै कनेक्सन भएन।

लगत्तै पाचौं बलमा ललित राजबंशी (शुन्य रन) स्टम्पिंग तथा अन्तिम बलमा सुर्य तामांग (२ रन) रन आउट भए।

बलिंगतर्फ कप्तान ऐरीले ३ विकेट लिन २ ओभरमा ४ रन खर्चे। काठमाण्डौलाई दबाबमा राख्न सन्नी पटेलले ४ ओभरमा २ मेडन राख्दै ८ रन दिएर १ विकेट लिए। रामनरेश गिरिले २ विकेट (४-०-२३-२) तथा भुवन कार्कीले १ विकेट लिए।

प्लेयर अफ द म्याच दिपेन्द्र ऐरी घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]