सिड्नीमा ‘टेक बहादुर पौडेल स्मृति कप’ क्रिकेट आयोजना हुने

अस्ट्रेलियाको सिड्नीमा “टेक बहादुर पौडेल स्मृति कप” Late TB Poudel Memorial Cup” सुपर सिक्स प्रतियोगिता आयोजना हुने भएको छ।

पूर्वी चितवनमा ४० वर्ष शिक्षण पेशामा बिताउनु भएका पौडेल आफ्नो पेशा प्रति इमान्दारिता र लगावका कारण चर्चित हुनुहुन्थ्यो। तिन वर्ष अघि निधन भएको स्वर्गीय पौडेलको सम्झनामा टिम जीएनआरले प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजक टिममा रमेश पौडेल, गोमा पौडेल र सुनिल बानिया रहेका छन्।

सिड्नीको एभर्ली पार्क मैदानमा  आयोजना हुने प्रतियोगितामा स्थानीय १२ वटा नेपाली टिमहरुको सहभागिता रहनेछ। लिग फर्म्याटमा आयोजना हुने प्रतियोगिता जुलाई ३० तारिखबाट सुरु हुनेछ जसको फाइनल अगस्ट ६ तारिखमा हुनेछ।

प्रतियोगिताको विजेताले ४ सय डलर, उपविजेताले २ सय डलर पुरस्कार पाउनेछ भने सहभागी टिमहरुलाई प्रवेश निशुल्क गरिएको छ। यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

खेलहरु रातो बलमा र सेतो जर्सीमा खेलाइने आयोजकले बताएको छ। यस्तै सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण समेत हुनेछ।

सहभागी टोलिहरु : वेस्ट युनाइटेड क्रिकेट क्लब, अमादब्लम ब्लेजर्स क्रिकेट क्लब, एक्स्पर्ट क्रिकेट क्लब, टिम जीएनआर क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब , बुद्ध भुमि क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब , बिएनसीसी क्यानबेरा क्रिकेट क्लब, एसीटि क्यानबेरा क्रिकेट क्लब, क्याम युथ क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, बाउन्ड्री लाइन क्रिकेट क्लब





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]