अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपको दशौं खेलमा अस्ट्रेलियाले ओमानलाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनेसले अर्धशतकीय ईनिङ खेले । स्टोइनेसले ३५ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६६ रन बनाए ।

वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । चौथो विकेटका लागि वार्नर र स्टोइनेसले ६४ बलमा १ सय २ रनको साझेदारी गरे । कप्तान मिचेल मार्शले २१ बलमा १४ तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए ।

ओमानका लागि मेहरान खानले दुई तथा बिलाल खानले एक विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]