T20WC : भारत-पाकिस्तान खेल हुँदा भेन्टिलेटरमा थिईन् बाबर आजमको आमा

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्तानले १० विकेटको ऐतिहासिक जित दर्ता गर्दै गर्दा पाकिस्तान कप्तान बाबर आजमको आमा भेन्टिलेटरमा रहेको आजमका पिता आजम सिद्धिकीले खुलासा गरेका छन्।

पहिलो पटक आईसीसी प्रतियोगितामा पाकिस्तानको नेतृत्व गरिरहेका बाबरले भारत बिरुद्ध अविजित ६८ रन बनाउदै मोहम्मद रिजवानसंग कीर्तिमानि १५२ रनको ओपनिंग साझेदारी गरेका थिए। इन्स्टाग्राम मार्फत पिता सिद्धिकीले शनिवार पोस्ट गर्दै उक्त कुराको खुलासा गरेका हुन्।

“मेरो राष्ट्रको लागि केहि वास्तविकता बताउने समय आएको छ। तिन वटै खेल जितेकोमा सबैलाई बधाई। हाम्रो घरको लागि एउटा ठूलो परिक्षा थियो। जुन दिन भारत बिरुद्ध खेल थियो त्यो दिन बाबरको आमा भेन्टिलेटरमा थिईन्। बाबरले तिन वटै खेल गम्भीर संकटमा खेले। मेरो यहाँ आउने चाहना थिएन तर असतो हुनु नै थियो। तर म यहाँ ( इन्स्टाग्राममा ) यस कारण आए कि बाबर कमजोर नहुन्। भगवानको कृपाले उनि अब ठिक छिन्।” सिद्धिकीले बाबरको आमा सहित आफ्नो र बाबरको संयुक्त फोटो राख्दै उर्दु भाषामा लेखेका छन्।

 

View this post on Instagram

 

A post shared by Azam Siddique (@azam.siddique56)


पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई पराजित गरेको थियो। त्यस समयमा दर्शक दिर्घामै रहेका आजमका पिता सिद्धिकी भावुक हुँदै रोइरहेको देखिएका थिए।

जारि विश्वकपमा पाकिस्तानले सुपर-१२ चरणको तिन वटै खेलमा जित दर्ता गर्ने क्रममा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरिसकेको छ। पाकिस्तानको आगामी खेल कमजोर मानिएको दुई टोलि स्कटल्याण्ड र नामिबियासंग हुनाले सेमीफाइनल यात्रा निश्चित जसो मानिएको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]