पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशविरुद्ध १३१ रनको फराकिलो जित दर्ता गरेको हो। यो नतिजा सँग जारी पीएम कपमा बागमतीले ७ खेलबाट तेस्रो जित हासिल गरेको छ। यता, कोशी भने समान खेलबाट दुई अंकसहित पूछारमा छ।

बागमतीले दिएको २४१ रनको लक्ष्य पछाएको कोशीले २५.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

काेशीका लागि आशिष भट्टराईले सर्वाधिक ३७ रन बनाउँदा सुजन थपलियाले २५ र फिर्दाेष अनसरीले २४ रन बनाउनु बाहे अन्यले रन बनाउन सक्नने।

यता, बागमतीका लागि सुर्य तामाङले ५ विकेट लिए। रिजन ढकाल ३ तथा साकार गजुरेलले २ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४० रनकाे याेगफल तयार पारेकाे थियाे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy