काठमाडौँलाई प्रदेश खेलकुद उपाधि

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगतको महिला क्रिकेटको उपाधि काठमाडौंँले जितेको छ ।

आज (मंगलबार) भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा चितवनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो । १६३ रनको विशाल लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९८ रन मात्रै बनाउन सक्यो । चितवनका लागि आरती बिडारीले २४ बलमा ३० रन र अनिशा मजाकोटीले ४० बलमा २१ रन बनाइन् ।

काठमाडौका लागि खुशी डंगोलले ४ ओभरमा २ मेडनसहित मात्र ३ रन खर्चिएर एक विकेट लिइन् । अस्मिता खरेलले ४ ओभरमा १७ रन खर्चिदै एक विकेट हात पारिन् ।

यसअघि पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि कञ्चन श्रेष्ठले ६२ बलमा ७० रन बनाइन् भने अस्मिता खरेलले ५० बलमा ४३ रन बनाइन् । चितवनका लागि आरती बिडारीले ४ ओभरमा २३ रन खर्चिदै एक विकेट लिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कञ्चन श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । प्रतियोगितामा काठमाडौंँ, चितवन र भक्तपुरको सहभागिता थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]