बाग्मतीसँग पुलिस दुई रनले विजयी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेटमा दुई रनले विजयी भएको छ । शनिबार मुलपानि क्रिकेट मैदानमा भएको खेलमा पुलिस बाग्मती प्रदेशलाई दुई रनले पराजित गरेको हो ।

पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बाग्मतीले २७.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७० रन बनाउन सक्यो ।

बाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रनको योगदान दिए । उनले ४५ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २२ रन जोडे ।

पहिलो विकेटको रुपमा बाग्मतीले आदिल खानलाई गुमाएको थियो । १० रनमा खेलीरहेका आदिल आठौं ओभरको चौथो बलमा दिलिप नाथको हातबाट क्याच आउट हुन पुगे । आदिलको स्थानमा क्रिजमा पुगेका पारस खड्का शुन्यमा आउट हुन पुगे । उनी दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड आउट हुँदै पेभिलिय फर्किए ।

चौथो विकेटको रुपमा बाग्मतीले इसान पाण्डेलाई गुमायो । ७ रनमा खेली रहेका पाण्डेलाई ललित राजवंशीले बोल्ड गरेका थिए । पृथु बास्कोटा ९,विपिन आचार्य ८, आकास थापा ४ तथा सोनु देवकोटा, नन्दन यादव र रामनरेस गिरी शुन्यमा आउट भए ।

बलिङतर्फ पुसिलका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए । उनले ८ ओभरमा २४ रन खर्चदै चार लिएका थिए । त्यस्तै ललित राजवंशी तीन विकेट लिँदा सागर ढकालले दुई र अरियो पैडेलले एक विकेट लिए ।

Dipendra Airee

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले २५.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७२ रन जोड्न सकेको थियो । खराव सुरुवात गरेको पुलिसले १२ औं ओभरमा टोलीको मात्र १९ रन हुँदा चार विकेट गुमाएको थियो । टोलीको ११ रन हुँदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पुलिसले १८ रन हुँदा दोस्रो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको थियो ।

ओपनर गएका धमलाले २७ बल खेल्दा एक चौका प्रहार गर्दै १० रन जोडेका थिए । उनी नवौं ओभरको पहिलो बलमा रन आउट हुन पुगे । यस अघि ९ बलमा दुई जोडेका कुशल नन्दन यादवको बलमा कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट हुन पुगे ।

तेस्रो विकेटको रुपमा पुलिसले अमित श्रेष्ठलाई गुमायो । तीन रनमा खेली रहेका श्रेष्ठलाई यादव एलबीडब्लु आउट गर्दै दोस्रो विकेट लिए । १२ औं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरी शुन्य रनमा पेभिलियन फर्किए । १२ बलको सामना गरेको ऐरी यादवको बोल्ड हुँदै शुन्य रनमा पेभिलियन फर्किएका हुन् ।

पाँचौ र छैटौ विकेटेको रुपमा दिलिप नाथ र योगेन्द्र सिंह कार्की आउट भए । नाथले १० रन जोड्दा कार्कीको ६ रन रह्यो । अनिल शाहले १०, कप्तान मन्जित श्रेष्ठ १५, ललित राजवंशी एक र रासिद खानले एक रन जोडे । सागर ढकाल दुई रनमा अविजित रहे ।

बलिङतर्फ बाग्मतीका लागि अरियोले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै मात्र ७ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै नन्दन यादवले तीन विकेट लिए । सोनु देवकोटाले एक विकेट लिए ।

रोड सेफ्टी वर्ल्ड सिरिज : सेहवागले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सको सहज जित





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]