खडक वारियर्सको रोमान्चक जितमा कप्तान बिबेकको आक्रामक इनिंग

  • विकेटनेपाल, असार २९ गते 

राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो। स्कोरकार्ड ,अंकतालिका

पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट हात पारे।

१०२ रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले  १९.३ ओभरमा ८ विकेट गुमायो। वारियर्सको जित सहज भने हुन सकेन। १७ ओभरमा ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा जितबाट मात्र ३ रन टाढा रहंदा श्रवन यादबले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिए पछि खेल रोमान्चक मोडमा पुगेको थियो।

अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा सन्दिप ढुंगानाले कुनै पनि रन नदिए पछि खडक वारियर्स दबाबमा परेको थियो। अन्तिम ओभरमा बलिङ्ग गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल रोमान्चक स्थितिमा थियो तर उपेन्द्र रोयले वरियर्सको जितको पर्खाइ लम्ब्याएनन्। तेश्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै उनले टिमलाई रोमान्चक जित दिलाए।

बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए। यसक्रममा उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए।

खेलको म्यान अफ द म्याच चुनिएका बिबेक यादबले रु. १ हजार ५०० प्राप्त गरे जसलाई राजविराज नगरपालिकाका सामाजिक साखा प्रमुख कल्पना देबले पुरस्कार प्रदान गर्नु भयो। प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो खेलमा बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो।

( फोटो – राजन अधिकारी )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]