बंगलादेशलाई हराएर इतिहास रच्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना गर्दैछ ।

समूह बी मा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नोस भेल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान सवा पाँचबाट सुरु हुनेछ ।

दक्षिण अफ्रिकासँग एक रनको झिनो अन्तरले पराजित भएर अघिल्लो चरण (सुपर एट) पुग्ने सम्भावना गुमाएको नेपाल यस संस्करणको विश्वकपको आफ्नो अन्तिम खेल जितका साथ समाप्त पार्ने योजनामा रहेको छ । बंगलादेशलाई हराउँदै पहिलो पटक टेस्ट मान्यता पाएको राष्ट्रमाथिको ऐतिहासिक जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ ।

उता, बंगलादेश नेपालमाथि स्पष्ट जितको नतिजाका साथ सुपर एटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपालसँग पराजित भएको खन्डमा बंगलादेशको अघिल्लो चरणको यात्रा श्रीलंका र नेदरल्यान्ड्सको खेलमा निर्भर हुनेछ । यदी श्रीलंका विजयी भएमा बंगलादेश पराजित भए पनि सुपर एटमा पुग्नेछ । भने, नेदरल्यान्ड्स विजयी भएर बंगलादेश पराजित भएमा नेट रनरेटका आधारमा सुपर एट पुग्ने टोलीको निर्णय हुनेछ ।

नेपाल र बंगलादेश रहेको समूह डी बाट दक्षिण अफ्रिकाले सुपर एटमा स्थान बनाई सकेको छ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]