हालसम्मकै धेरै पुरस्कार राशीको प्रतियोगिता घोषणा

२०७४ बैशाख २९, शुक्रबार ००:००

  • विकेटनेपाल बैशाख २८ -काठमाडौं ।

आगामी जेठ ९ गतेबाट देशकै सर्बाधिक धनराशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगिता २४ गतेसम्म चल्ने छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगिता दुई समुहमा विभाजन लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।

रास्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले गर्नेछ l

प्रतियोगिताको बिजेताले २० लाख र उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०/५० हजार र उदियमान खेलाडीलाइ २५ हजार रुपैया प्रदान गरिनेछ ।

गत महिना धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग प्रतियोगिताको बिजेता टिमले १५ लाख रुपैया पाएको थियो जुन नेपालको सर्बाधिक धनराशीको प्रतियोगिता थियो l

प्रतियोगिता घोषणा समारोहको भिडियो 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy