हालसम्मकै धेरै पुरस्कार राशीको प्रतियोगिता घोषणा

  • विकेटनेपाल बैशाख २८ -काठमाडौं ।

आगामी जेठ ९ गतेबाट देशकै सर्बाधिक धनराशीको पहिलो प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगिता २४ गतेसम्म चल्ने छ । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने राखेपले जनाएको छ । प्रतियोगिता दुई समुहमा विभाजन लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।

रास्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले गर्नेछ l

प्रतियोगिताको बिजेताले २० लाख र उपविजेताले १० लाख रुपैया प्राप्त गर्नेछन । हरेक खेल जित्दा टिमले २५ हजार रुपैयाँ पाउनेछ । सेमिफाइनलमा पुग्ने बाँकी दुई टिमले पनि ५०-५० हजार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५०/५० हजार र उदियमान खेलाडीलाइ २५ हजार रुपैया प्रदान गरिनेछ ।

गत महिना धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग प्रतियोगिताको बिजेता टिमले १५ लाख रुपैया पाएको थियो जुन नेपालको सर्बाधिक धनराशीको प्रतियोगिता थियो l

प्रतियोगिता घोषणा समारोहको भिडियो 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]