बिक्रमको अलराउण्ड प्रदर्शनमा वेस्टर्न सेमीमा : रुपन्देही सुपर लिग

bikram bhusal
  • विकेटनेपाल –  भैरहवा, २५ माघ ।

सिद्धार्थ रंगशाला भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा गत वर्षको सुपर लिग विजेता न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ५३ रनले हराउँदै वेस्टर्न क्रिकेट क्लब बुटवल विजयी भएको छ ।

जित सँगै वेस्टर्न सेमिफाइनलमा पुग्ने पहिलो टिम भए छ। टस जितेर पहिला व्याटिङको रोजेको वेस्टर्नले निर्धारित ४० ओभरको खेलमा २६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । जसमा विक्रम भुसालले सर्बाधिक ३४, देवेन्द्र सोमरे १६, आदिल खाँन १५ तथा किरण पाण्डे र राहुल कुमार वि.क.ले १४/१४ रन बनाएका थिए ।

प्रतिउत्तरमा मैदान छिरेको होराइजनले १८ दशमलब ३ ओभरमा जम्मा ७८ रन बनाई अल आउट भयो । होराइजनका लागि विशाल खत्रीले २६ रन बाहेक अन्य खेलाडी कसैले पनि दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

होराइजनलाई सस्तैमा समेट्ने क्रममा वेष्टनका देवेन्द्र सोमरे, आदिल खाँन र विक्रम भुसालले ३/३ विकेट लिएका थिए । होराइजनका लागि विशाल सुनारले ४, राहुल प्रजापति र गणेश गौडेलले २/२ तथा आकाश काफ्लेले १ विकेट लिएका थिए ।

खेलमा वेस्टर्न विक्रम भुसाल म्यान आफ द म्याच घोषित हुँदै पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत समूह डीमा रहेका बुद्ध क्रिकेट क्लब भैरहवा र बुटवल ११ बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष मल्लले जानकारी दिए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]