बिक्रमको अलराउण्ड प्रदर्शनमा वेस्टर्न सेमीमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल –  भैरहवा, २५ माघ ।

सिद्धार्थ रंगशाला भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा गत वर्षको सुपर लिग विजेता न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ५३ रनले हराउँदै वेस्टर्न क्रिकेट क्लब बुटवल विजयी भएको छ ।

जित सँगै वेस्टर्न सेमिफाइनलमा पुग्ने पहिलो टिम भए छ। टस जितेर पहिला व्याटिङको रोजेको वेस्टर्नले निर्धारित ४० ओभरको खेलमा २६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । जसमा विक्रम भुसालले सर्बाधिक ३४, देवेन्द्र सोमरे १६, आदिल खाँन १५ तथा किरण पाण्डे र राहुल कुमार वि.क.ले १४/१४ रन बनाएका थिए ।

प्रतिउत्तरमा मैदान छिरेको होराइजनले १८ दशमलब ३ ओभरमा जम्मा ७८ रन बनाई अल आउट भयो । होराइजनका लागि विशाल खत्रीले २६ रन बाहेक अन्य खेलाडी कसैले पनि दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

होराइजनलाई सस्तैमा समेट्ने क्रममा वेष्टनका देवेन्द्र सोमरे, आदिल खाँन र विक्रम भुसालले ३/३ विकेट लिएका थिए । होराइजनका लागि विशाल सुनारले ४, राहुल प्रजापति र गणेश गौडेलले २/२ तथा आकाश काफ्लेले १ विकेट लिएका थिए ।

खेलमा वेस्टर्न विक्रम भुसाल म्यान आफ द म्याच घोषित हुँदै पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत समूह डीमा रहेका बुद्ध क्रिकेट क्लब भैरहवा र बुटवल ११ बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष मल्लले जानकारी दिए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy