प्रधानमन्त्री कप : विपिनको कप्तानीमा गण्डकी टिमको घोषणा

आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो । गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् ।

यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् ।(रासस)

सम्बन्धित : 

ज्ञानेन्द्रको कप्तानीमा बागमती प्रदेश टिम घोषणा

प्रधानमन्त्री कप : राजुको कप्तानीमा सुदुरपश्चिम टिम घोषणा





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]