बुम एमसिसीको जित

  • विकेटनेपाल, भैरहवा, ७ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि-२० क्रिकेट प्रतियोगितामा सोमबार भएको समूह ‘सी’ को पहिलो खेलमा देवदह क्रिकेट युनिट देवदहललाई हराउँदै बुम एमसीसी भैरहवा विजयी भएको छ ।

अत्यन्तै रोमांचक खेलमा बुमले देवदहमाथि ६ रनको जित निकाल्न सफल भयो । जितसँगै उसले २ अंक बटुलेको छ ।

टस जितेर देवदहले बुमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा एससिसीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । उसका लागि प्रज्जवल थापाले २७, सुजित खनालले नटआउट २३, सन्दीप केसीले २०, तुलाराम थापाले १६ र अमर मिश्राले १३ रनको योगदान दिए । बलिङमा देवदहका सुरज दराई र रोशन गौतमले समान २-२ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको देवदहले निर्धारित खेलमा ७ विकेटको क्षतिमा जम्मा १ सय ३१ रन बनाउन सक्यो । उसका लागि सुरज दराईले ५९, सुमन पाण्डेले २५ र खुम पाण्डेले १४ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । बलिङमा बुमका लागि भिम सुनार र सन्दीप केसीले समान २-२ विकेट लिए । खेलको म्यान अफ द म्याच पराजित टिम देवदहका सुरज दराई घोषित भए ।

अब यो समूहबाट एपेक्स क्रिकेट क्लब बुटवल र बुम एमसिसी भैरहवाबीच हुने खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

त्यस्तै आजै भएको समूह ‘डि’ अन्तर्गत दोस्रो खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवाबीच खेल भइरहेका बेला पानी परेपछि बीचमै रोकियो । अत्यधिक पानी परेपछि यी दुई टिमले १-१ अंक बाँडेका छन् । यो समूहबाट होराइजनले २ खेलबाट ३ अंक बटुलेको छ । मास्टर्सले एक खेलबाट १ अंकमात्र बटुलेको छ भने शिवशक्तिकले अंक जोड्न सकेको छैन ।

मंगलबारको पहिलो खेल समूह ‘ए’ मा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र बुटवल ११ बुटवलबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल समूह ‘बि’ मा रहेका साई ग्लोबल क्रिकेट क्लब भैरहवा र वेष्टर्न क्रिकेट क्लब बुटवलबीच हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५-५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले रु. एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]