बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लव विजयी 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब र स्थानीय टिम नेक्सस रुपन्देही एघार विजयी भएका छन्।

आजको पहिलो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जाभेद गोहार अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्यो। जाभेद गोहारले दिएको ९० रनको लक्ष्य लाइफ केयरले ७. ५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो।

भारतीय टिमको लागि ओपनर दिपक पुनियाले सर्वाधिक ६४ रन बनाए जुन क्रममा मात्र २५ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर दिपांशु फोरेले अविजित २१ रन बनाए। पुनिया र फोरेले ८६ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार पारे।

यस अघि पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको जाभेद गोहर अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमीले १८. १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। जाभेद गोहरको लागि रिशभ जोशीले सर्वाधिक ४६ रन तथा अलि हुसेनले २५ रन बनाए। लाइफ केयरको बलिंगमा प्लेयर अफ द म्याच घोषित रोहित दांगवालले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। योगेश कुमार र सक्षम शर्माले समान ३ विकेट लिए।

आजको दोश्रो खेलमा नेक्सस रुपन्देही एघारले श्रीलंका स्टेट सर्भिसेस क्रिकेट एसोसिएसनलाई ९ विकेटले पराजित गर्यो।

श्रीलंकन टिमले दिएको ८७ रनको लक्ष्य नेक्सस रुपन्देही एघारले मात्र ७. ५ ओभरमा १ विकेट गुमाएर भेटायो।

नेक्सस रुपन्देही एघारको लागि ओपनर शंकर रानाले अविजित अर्धशतक बनाए। मात्र २४ बलमा अर्धशतक पुरा गरेका उनले २८ बलमा ३ चौका र ५ छक्का मद्दतले अविजित ५३ रन बनाए। यस्तै सुमित महर्जनले अविजित ३१ रन बनाए जुन क्रममा १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंका स्टेट सर्भिसेसले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन बनायो। उसको लागि राज वीर र समिर परेराले समान १६ रन, नानि वसुपलिले १५, समान कुमाराले १४ तथा इन्दुनिल प्रसादले १२ रन बनाए। रुपन्देहीको बलिंगमा प्लेयर अफ द म्याच घोषित भएका शाहब आलमले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ९ रन खर्चिए। दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २ विकेट तथा बसिर अहमदले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे नेक्सस रुपन्देही एघार र भारतको लाइफ केयर क्रिकेट क्लब बीच तथा दोश्रो खेल दिउँसो १ बजे पाकिस्तानको जावेद घर अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी र बंगलादेशको साइक क्रिकेटर्स बीच खेलिनेछ।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५  लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]