टी-२० विश्वकप : जित्नै पर्ने दवावको पाकिस्तान र क्यानडा खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा आज (मंगलबार) पाकिस्तान र क्यानडा भिड्दै छन् ।

विश्वकपको १९ औं खेलमा समूह ए मा रहेका पाकिस्तान र क्यानडा नेपाली समय अनुसार बिहीबार बेलुका सवा आठमा अमेरिकाको न्युर्योकमा खेल्दैछन् ।

पहिलो दुवै खेलमा पराजित पाकिस्तानलाई सुपर आठको सम्भावना कायमै राख्न जित्नै पर्ने दवाव रहेको छ । पाकिस्तान पहिलो खेलमा सहआयोजक अमेरिकासँग सपर ओभरमा पराजित हुँदा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

यस खेलमा पराजित भएमा पाकिस्तान नवौं संस्करणको विश्वकपबाट घर फर्कने छ ।

क्यानडालाई पनि सुपर आठ प्रवेशको सम्भावना कायम राख्न जित्नै पर्ने दवाव रहेको छ । पहिलो खेलमा सहआयोजक अमेरिकासँग पराजित क्यानडाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए मा पाकिस्तान र क्यानडाका अलावा भारत, अमेरिका, आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान छन् ।

समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]