Nepal T20 : वेस्टइन्डिज क्रिकेटर वाल्टन जनकपुरमा आवद्ध

२०७९ पुष २, शनिबार १७:११

डिसेम्बर २३ तारिख देखि सुरु हुने नेपाल टि-ट्वान्टी लिगको टिम जनकपुर रोयल्सले विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका विकेटकिपर टप अर्डर ब्याट्सम्यान चाडविक वाल्टनलाई आवद्ध गरेको छ।

वाल्टनले वेस्टइन्डिजको लागि २ टेस्ट, ९ एकदिवसीय र १९ वटा टि-ट्वान्टी खेलेका छन्। उनले २००९ मा बंगलादेश विरुद्ध टेस्ट डेब्यु गरेका थिए भने २००९ मा पाकिस्तान विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। अन्तिम पटक उनले २०१८ मा बंगलादेश विरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए।

वाल्टनले २ टेस्टमा १३ रन, ९ एकदिवसीय अन्तर्राष्ट्रियमा ५३ रन तथा १९ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा २२५ रन बनाएका छन्। १८१ टि-ट्वान्टी खेलेका उनले ३ हजार ४ सय ४२ रन बनएका छन् जुन क्रममा उनले १२४.४३ को स्ट्राइक रेटमा रन बनाएका छन्।


टिमले अन्य विदेशी खेलाडीको घोषणा गरेको छैन। यस अघि ड्राफ्टमार्फत छनोट गरेका खेलाडीहरु लिगको नयाँ मितिमा उपलब्ध उपलब्ध नहुने हुनाले नेपाल टि-२० लिगका टिमहरुले प्रतिस्थापनमा खेलाडीहरु घोषणा गरिरहेको हो।

सोमपाल कामि मार्की खेलाडी रहेको जनकपुरले यस अघि राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाललाई नियूक्त गरिसकेको छ।

टिममा राष्ट्रिय क्रिकेटरहरु सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, दिलिप नाथ, जितेन्द्र मुखिया र राजेश पुलामी आवद्ध छन्।

जनकपुर रोयल्स टिम : सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया र राजेश पुलामी, दिलिप नाथ, खडक बोहरा, चाडविक वाल्टन

सम्बन्धित : 

Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy