भारतविरुद्धको टी-२० का लागि श्रीलंकाको टोली घोषणा

काठमाडौं । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको तीन खेलको टी-२० आई सिरिजका लागि टोली घोषणा गरेको छ ।

श्रीलंकाले चरिथ असलंकालाई कप्तानमा नियुक्त गर्दै १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

वानिन्दु हसारंगाले यसै महिनाको सुरुमा कप्तानबाट राजीनामा दिएपछि उनको स्थान लिएका असलंका कप्तानीमा नियुक्त भएका हुन् । असलंकाले यस वर्षको सुरुमा बंगलादेश भ्रमणका क्रममा श्रीलंकाको नेतृत्व गरेका थिए ।

असलंकाले श्रीलंका अन्डर-१९ को कप्तानी पनि गरेका छन् र हालै, जाफना किंग्सलाई आफ्नै कप्तानीमा एलपीएलको उपाधि दिलाएका थिए ।

श्रीलंकाको टिममा ३४ वर्षीय दिनेश चण्डीमललाई पुनरागमन गरेका छन् । उनले अन्तिम पटक सन् २०२२ को सुरुमा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए । तर, ३७ वर्षीय एन्जेलो म्याथ्युजलाई भने टोलीबाट बाहिर राखिएको छ ।

अलराउन्डर चामिन्दु विक्रमसिंघेले पहिलो पटक टोलीमा मौका पाएका छन् । तीन खेलको टी-२० आई सिरिज आगामी शनिबारबाट सुरु हुनेछ । टी-२० आई सिरिज लगत्तै तीन खेलको ओडिआई सिरिज पनि रहेको छ ।

श्रीलंकाली टोली

चरिथ असालंका (कप्तान), पाथुम निसानका, कुशल परेरा, अविष्का फर्नांडो, कुसल मेंडिस, दिनेश चंडीमल, कामिन्दु मेंडिस, दासुन शनाका, वानिंदु हसरंगा, दुनिथ वेलेलेज, महेश थेक्साना, चामिन्दु विक्रमासिंघे, मथीशा पाथिराना, नुवान तुषारा, दुष्मंता चमीरा, बिनुरा फर्नांडो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]