IPL : एक खेलाडी सहित चेन्नाई टिमका १० सदस्यमा देखियो कोरोना

आईपीएल टिम चेन्नाई सुपर किंग्सको एक खेलाडी सहित कुल १० जना सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

भारतको प्रतिनिधित्व गरिसकेका एक जना तिब्र गति बलरको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको बताईएको छ। खेलाडीसंगै प्रशिक्षक स्टाफलाई कोरोना देखिएको बताईएको छ। टिमको सोसल मिडिया टिमको कम्तिमा २ सदस्य, टिमको सिनियर पदाधिकारी र उनको श्रीमतीको कोरोना पोजेटिभ देखिएको बताईएको छ।

“हो, भर्खरै भारतीय टिमको प्रतिनिधित्व गरेका दायाँ हाते फास्ट बलर लगायत केहि अन्य टिमका स्टाफहरुको कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ।” भारतीय न्युज एजेन्सी पीटिआईलाई आईपीएलको विश्वसनीय श्रोतले बताएको छ।

चेन्नाई सुपर किंग्स टिम अगस्ट २१ तारिकमा युएई पुगेको थियो

चेन्नाई सुपर किंग्स टिम अगस्ट २१ तारिकमा युएई पुगेको थियो जसपछि अनिवार्य ६ दिन क्वारेन्टाइनमा बसेको थियो। शुक्रबार देखि चेन्नाई अभ्यास सुरु गर्ने योजनामा थियो। तर अब वर्तमान परिस्थितिका कारण चेन्नाईले थप केहि दिन क्वारेन्टाइनमा बिताउनु पर्नेछ। सेप्टेम्बर १ सम्म चेन्नाई टिम क्वारेन्टाइनमा बस्नुपर्नेछ। युएईमा अभ्यास सुरु गर्ने चेन्न्नाई अन्तिम टिम हुनेछ।

आईपीएलमा सहभागी हुन युएई पुगेका केहि टिमले अभ्यास सुरु गरिसकेका छन् भने अन्य टिमहरुले पनि छिट्टै अभ्यास सुरु गर्दैछ। सन्दिप लामिछाने आवद्ध रहेको टिम दिल्ली क्यापिटल्सले शनिवारबाट अभ्यास सुरु गर्दैछ।

आईपीएलले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडी बाहेक आवद्ध अन्य सबै सदस्यहरुको पनि कोरोना टेस्ट गरेको थियो। क्वारेन्टाइनमा बसेको पहिलो, तेश्रो र पाँचौ दिनमा टिम होटलमा सबैको जांच गरिएको थियो। सबै तिन वटा रिपोर्ट नेगेटिभ आएपछि मात्र खेलाडीहरु अभ्यास गर्न पाउने नियम रहेको छ।

धोनी कप्तानीको चेन्नाईले युएई जानु अघि ५ दिन चेन्नाईमा अभ्यास गरेको थियो। महेन्द्र सिंह धोनी, सुरेश रैना, दिपक चाहर, अम्बाती रायडु, पियुष चावला र शार्दुल ठाकुर जस्ता भारतीय खेलाडीहरु उक्त अभ्यासमा सहभागी रहेका थिए। बलिंग प्रशिक्षक लक्ष्मिपति बालाजी पनि अभ्यासमा सामेल थिए।

युएई प्रस्थान गर्नु अघि चेन्नाईलाई भारतमा अभ्यास क्याम्प आयोजना गर्न कप्तान धोनीले विशेष आग्रह गरेका थिए। धोनीले युएई जानु अघि टिम एक जुट हुनु जरुरि रहेको बताएपछि टिमले अभ्यासको प्रवन्ध गरेको थियो।

आईपीएल २०२० मा चेन्नाई टिम :- महेन्द्र सिंह धोनी, अंबाती राएडु, सुरेश रैना, दीपक चाहार, हरभजन सिंह, रवींद्र जडेजा, शेन वाटसन, फाफ डुप्लेसिस, केएम आसिफ, ड्वेन ब्राभो, इमरान ताहिर, जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि, मिचेल स्यान्टनर, मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन, पीयुष चावला, जोश हेजलवुड र साइ किशोर।

यो पनि पढ्नुस :-

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

आफैले हानेको छक्काले ओ’ ब्रायनको कारको शिशा फुटेपछि

CPL : अपराजित रहँदै पोलार्डको ट्रिनबागो शिर्षमा, हेनुस को-कति स्थानमा छन्

CPL : मोहम्मद नाबीको सिपिएल इतिहासकै तेश्रो तथा व्यक्तिगत उत्कृस्ट बलिंग

आईपीएल २०२० : कुन टिममा को-को खेलाडी छन्

टि-२० मा ५ सय विकेट लिने ब्राभो विश्वकै पहिलो बलर

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]