सन्दिपले माइकल क्लार्कसँग भने “तपाईबाट धैर्य हुन सिके, मैले धेरै खेल्नु छ”

  • विकेटनेपाल – ३० बैशाख, आइतवार 

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा डेब्यु गरेसंगै सन्दिप लामिछानेको चर्चा यतिबेला सबै तिर छाएको छ। रोयल च्यालेंजर्स बैंगलोर बिरुद्दको खेलमा दिल्ली डेयरडेभिल्सको टोलीबाट डेब्यु गर्दै सन्दिपले आइपिएल यात्रा सुरु गरेका हुन्।

आइपिएल क्रिकेटमा डेब्यु गर्ने मुजिब उर् रहमान (अफगानिस्तान) पछि दोस्रो कम उमेरका बिदेशी खेलाडी बनेका सन्दिपले पहिलो खेलमा प्रभावशाली बलिंग प्रदर्शन गर्न सफल भ। आफ्नो दोस्रो ओभरमा पार्थिव पटेललाई एल बि डब्लु धरापमा पार्दै पहिलो आइपिएल विकेट हात पार्दा सन्दिप र सारा नेपाली समर्थकको मात्र हैन कमेन्ट्री बक्समा रहेका माइकल क्लार्कको समेत खुशीको सिमा थिएन।

डेब्यु विकेटको खुशी मनाउंदै सन्दिप

क्लार्क तिनै व्यक्ति हुन् जसले सन्दिपको लेग स्पिन क्षमताको भविष्य देखेपछि आफुसंगै अष्ट्रेलियाको क्लब वेस्टर्न सब्बर्समा खेल्न र प्रशिक्षण गर्न सन्दिपलाई निम्तो दिएका थिए। यी दुईको भेटभने हंगकंगमा सम्पन्न टि-२० ब्लिज प्रतियोगितामा एकै क्लब (काउलुन क्यान्टन्) बाट खेल्दा भएको थियो। त्यसयता सन्दिप र क्लार्कको लगातार रुपमा राम्रो सम्बन्ध रहँदै आएको छ। आइपिएल क्रिकेटमा अर्का अष्ट्रेलियन पुर्व खेलाडी रिक्की पोंटीन्गको प्रशिक्षणमा रहेको दिल्लीले सन्दिपलाई अनुबन्धन गर्नु पछाडी समेत क्लार्कको हात रहेको धेरै क्रिकेट पण्डितको ठम्याई रहेको छ।

दिल्ली डेयरडेभिल्स र रोयल च्यालेंजर्स बैंगलोरको खेल पछाडी उनी माइकल क्लार्कले सन्दिप लामिछानेको अन्तर्वाता लिएका थिए। छोटो कुराकानीका क्रममा क्लार्कले सर्वप्रथम सन्दिपलाई बधाई दिंदै आफ्नो टोलि पराजित भएपनि व्यक्तिगत प्रदर्शनमा आफु खुशी रहेको छौ या छैनौं भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा सन्दिपले आफ्नो टोलिले खेल नजितेसम्म खुशी नहुने तर दिल्लीबाट खेल्ने मौका प्राप्त गर्दा खुशी भएको र बाँकी खेलहरुमा समेत सकेसम्म रार्मो प्रदर्शन गर्ने बताए।

हेर्नुहोस् क्लार्कले लिएको सन्दिपको अन्तर्वार्ता :

नेपाल र नेपाली फ्यानहरुमा क्रिकेटको मोह बुझीसकेका क्लार्कले सन्दिपलाई, ” तिम्रो परिवार, फ्यान र सारा नेपाली धेरैनै गौरवान्वित हुनुपर्छ किनकि धेरैले सोच्छन तिमीयाहाँ सजिलै आयौ भनेर तर तिमीले धेरै मेहेनत गरेका छौ ” भन्दै सन्दिपको प्रशंशा गरेका थिए। त्यसको जवाफमा सन्दिपले भने “यो सत्य हो । मलाई धेरै म्यासेजहरु आइरहेको छन् र फ्यानहरु मेरो खेल हेर्न आतुर हुनुहुन्छ र आज मैले लेजेण्ड खेलाडीहरुसंग खेल्ने मौका पनि पाए। म धेरै मेहेनत गरिरहेको छु र हाम्रो प्रशिक्षक रिक्की पोंटीन्ग र पुरै दिल्लीको टोलि धेरै सहयोगी छ।”

दिल्लीको लागि १ नम्बरको जर्सी लगाएका सन्दिपलाई क्लार्कले आफु आइपिएल खेल्ने पहिलो नेपाली भएकाले १ नम्बर रोजेको हौ भनेर प्रश्न गर्दा सन्दिपले हाँस्दै आफुले कागीसो रबाडाको कारणले गर्दा २५ नम्बर लगाउन नपाएको बताए। अन्त्यमा आइपिएलमा आएर अहिलेसम्म के सिक्यौ भन्ने क्लार्कको प्रश्नमा सन्दिपले भने, “मैले नेपालमा रहनु भएका मेरा कोच र तपाइँबाट आफु शान्त र धैर्य रहनु पर्ने सिकेको थिएँ र यहाँपनि त्यहि सिकें। मैले जे कुरा सिकेको छु त्यो मेरो खेलमा सहयोगी बन्दै छ र मैले अझ धेरै सिक्नु छ किनकि मैले लामो समयसम्म खेल्नु छ।”





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]