यौन दुर्व्यवहारको आरोप बारे यसो भन्छन् प्रशिक्षक बस्नेत

महिला रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक राजु बस्नेतले महिला रास्ट्रिय खेलाडीहरु माथि यौन दुर्व्यवहार गरेको भनि छापिएको समाचार असत्य रहेको र यसले आफ्नो चरित्र हत्या भएको बताएका छन् l

आज बिहान नयाँ पत्रिका र अन्नपूर्ण पोस्ट दैनिकले छापेको समाचारमा हंगकंगमा सम्पन्न आइसीसी बिश्वको छनौट एसिया छनौट प्रतियोगितामा सहभागी हुने क्रममा महिला टिमको सदस्यलाई जबर्जस्ती मदिरा खुवाएर सुतिरहेको बेला यौन दुर्व्यवहारको प्रयास गरेको, एक महिला खेलाडीलाई आक्रमण प्रयास गरि अश्लिल गालीगलौज गरेको जस्ता आरोप लगाउदै ६ जना खेलाडीहरुले प्रशिक्षक बिरुद्ध रास्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको भनि लेखिएको थियो l

समाचारमा रास्ट्रिय खेलकुद परिषद सदस्यसचिव केशव बिस्टले घटना बारे राखेप द्वारा गठित क्रिकेट समन्वय समितिले छानबिन गरेको  र छानबिन गरी प्रतिबेदन बुझाउन निर्देशन दिईसकेको बताईएको थियो l

प्रशिक्षक बस्नेतले भने आज नेपाल खेलकुद पत्रकार मंच काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आरोपको खण्डन गर्दै घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् l

प्रशिक्षक बस्नेत संग पत्रकार सम्मेलनमा उपस्थित भएका महिला रास्ट्रिय क्रिकेट टिम कप्तान रुबिना क्षेत्री, सिता थापा मगर, इन्दु बर्मा, नेरी थापाले, निरा राजोपाध्यायले पनि प्रशिक्षक बस्नेतको समर्थन गरेका छन् l

“खेलाडीहरु माथि अभद्र ब्यबहार म सोच्न पनि सक्दिन l यो समाचारले मेरो चरित्र हत्या भएको छ l यसले मेरो मर्यादामा मात्रै हैन समग्र नेपाली क्रिकेट धरासायी बनाउने कम गरेको छ”  प्रशिक्षक बस्नेतले बताए l

पुर्ब रास्ट्रिय क्रिकेटर समेत रहेका बस्नेतले नेपाली क्रिकेटलाई अघि बढाउन आफु निरन्तर लागेको बताऊदै यस्ता खराब दुर्व्यवहार भएको भए आफुले प्रतियोगितामा कसरि सफलता हात पार्यौ भन्ने प्रश्न गरेका थिए l

उक्त प्रतियोगितामा नेपाली टिमले राम्रो प्रदर्शन गर्दै दोश्रो स्थान हात पारि महिला एसिया कप खेल्न छनौट भएको थियो l बस्नेत एपीएफ महिला क्रिकेट टिमका प्रशिक्षक रहीसकेका छन् भने एपीएफ पुरुष क्रिकेट टिमका समेत नियमित प्रशिक्षक हुन् l

प्रशिक्षक बस्नेतलाई समर्थन गर्दै महिला रास्ट्रिय टिमकि कप्तान रुबिना क्षेत्रीले पत्रिकामा छापिएको समाचार झुटो भएको पत्रकार सम्मेलनमा बताएकी छिन् l खबर सुन्दा रिस उठेको बताऊदै क्षेत्रीले यसले अहिले एसिया कपको लागि भइरहेको तयारी समेत प्रभावित भएको बताईन् l

क्षेत्रीले यस्तो समाचारको सट्टा आफुहरुलाई सुबिधा नभएको समाचार लेख्न पत्रकारहरुलाई सुझाब समेत दिईन् र आफ्नो टिम भित्रको सबै समस्या समाधान भइसकेको समेत बताईन् l

नेपाली महिला क्रिकेट टिम यतिबेला नोभेम्बर २६ तारिकमा थाईल्याण्डमा संचालन हुने एसिया कपको बन्दसत्रमा रहेको छ l

यस्ता छन् आरोप  ( नयाँ पत्रिकाका अनुसार ) 

१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुव्र्यवहारको प्रयास गरेको

२.  घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको

३.  वादविवाद हुँदा प्रशिक्षकद्वारा  खेलाडीलाई अश्लील गालीगलौज गरेको

४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy