CPL : हेटमायर र पौल चम्किदा गायनाको पहिलो जित, सेन्ट किट्सको दोश्रो हार

ट्रिनिडाड एण्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत बिहिबार बिहान सम्पन्न चौथो खेलमा क्रिस ग्रिन कप्तानीको गायना अमेजन वारियर्सले रायद इम्रीट कप्तानीको सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेको छ।

ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा सेन्ट किट्सले दिएको १२८ रनको लक्ष्य गायनाले ३ ओभर बाँकी रहदै ७ विकेट गुमाएर पुरा गरेको हो।

पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग पराजित भएको गायनाले लिगमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा बार्बेडोस ट्राइडेन्टससंग पराजित भएको  सेन्ट किट्सको भने यो लगातार दोश्रो हार हो। लिग अन्तर्गत तेश्रो खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो।

हेटमायरले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा ७१ रन बनाए

हेटमायरको उत्कृस्ट ब्याटिंग जारि 

सेन्ट किट्सले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा गायनाको लागि शिमरन हेटमायरले उत्कृस्ट ब्याटिंग गरे। लगातार दोश्रो अर्धशतक बनाउने क्रममा ४४ बलमा ८ चौका र ३ छक्का मद्दतले ७१ रन बनाउदै उनले जितको आधार तयार गरे। हेटमायरले पहिलो खेलमा ट्रिनबागो  बिरुद्ध ६३ रन बनाएका थिए। चन्द्रपौल हेमराजले १९ तथा ब्रेण्डन किंग र शरफेन रुथरफोर्डले समान १० रन बनाए।

सहजै लक्ष्यतर्फ अघि बढेको गायनालाई १६ औं ओभरमा रायद इमरिटले लगातर विकेट लिंदै खेलमा फर्काउने प्रयास गरेका थिए। सातौँ विकेटको रुपमा १७ औं ओभरमा हेटमायर पनि आउट हुँदा जितको लागि ८ रन आवस्यक रहेको थियो। १७ औं ओभरको अन्तिम बलमा रोमारियो शेफर्डले चौका प्रहार गर्दै टिमलाई जित दिलाएका थिए।

सेन्ट किट्स कप्तान इमरिटले ३ विकेट ( ३-०-३१-३ ) लिए  भने शेल्डन कटरेल ( ४-१-२४-१ ) र डोमिनिक ड्रेक्सले १/१ विकेट लिए।

किमो पौल एक्लैले लिए ४ विकेट 

टस जितेर बलिंग रोजेको गायनाले उत्कृस्ट बलिंग गर्दा सेन्ट किट्सले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सकेको थियो।उसको लागि ओपनर इभिन लुइसले ३०, बेन डंकले २९, रायद इम्रिटले १७ तथा क्रिस गरिनले १६ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

किमो पौल एक्लैले ४ विकेट लिए

गायनाको बलिंगमा दायाँ हाते फास्ट बलर किमो पौलले उत्कृस्ट बलिंग गरे। उनले ४ ओभरमा मात्र १९ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। यस क्रममा उनले निक केली, दिनेश रामदिन, रायद इमरिट र डोमिनिक ड्रेक्सको विकेट लिए। यस्तै लेग स्पिनर इमरान ताहिरले २ विकेट लिने क्रममा ४ ओभरमा मात्र १८ रन खर्चिए। किमो पौल खेलको प्लेयर अफ द म्याच चुनिए।

लिग अन्तर्गत आज राति हुने पाँचौ खेलमा सेन्ट लुसिया जुक्स र बार्बेडोस ट्राइडेन्टले प्रतिस्पर्धा गर्नेछ। छैठौं खेल शुक्रबार बिहान ३:१५ बजे जमैका तलावाज र ट्रिनबागो नाइट राइडर्स बीच खेलिनेछ।

सेप्टेम्बर १० सम्म चल्ने लिगमा ६ टिम सहभागी रहेका छन्। लिगको सबै ३३ खेलहरु ट्रिनिडाड एण्ड टोबागोमा दर्शक बिना खेलिदैछ।

सम्बन्धित :-

CPL : जमैकाद्वारा सेन्ट लुसिया पराजित, राम्रो रह्यो सन्दिपको प्रदर्शन

सिपिएल टि-२० : खेल समय र तालिका, लाइभ कहाँ हेर्ने, सबै जानकारी एकै ठाउँमा

‘२०२३ विश्वकपसम्म खेल्छु’ फिन्च

CPL : स्यान्टनर र राशिद खानले अलराउण्ड प्रदर्शनमा बार्बेडोसको जित

IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

आईपिएल : यो सिजन डेब्यु गर्न सक्ने ५ विदेशी खेलाडी

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

१९ महिना देखि रोकिएको राष्ट्रिय क्रिकेटरहरुको तलब दिन क्यानले प्रक्रिया थाल्यो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]