दक्षिण एसियामा सरकारभन्दा क्रिकेट चलाउन गाह्रो छ : अध्यक्ष चन्द

पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ।

शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो। प्रतियोगिताका उपविजेताले ३० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले दुई लाख ५० हजार पाउने क्यानले जनाएको छ। इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुनेछ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी-२० को आयोजना गरिएकाले लिग पूर्णरुपमा सफल हुने बताउनुभयो।

उहाँले दक्षिण एसियाका देशले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको बताउनुभयो।

उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेकाले त्यसलाई सफल बन्न दिन नहुने बताउनुभयो। अध्यक्ष चन्दले दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो कुरा क्रिकेट सङ्घ चलाउन रहेको अनुभवसमेत सुनाउनुभयो।

उहाँले भन्नुभयो, ‘‘खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टी-२० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो। एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ। सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठीक छैन। प्रतियोगिता भोलिदेखि सुरु हुन्छ। क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन्। दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो क्रिकेट चलाउन छ। हो यहाँ गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ।’

नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइटबीच प्रतिस्पर्धा हुनेछ। शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

साभार – गोर्खापत्र





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]