यस्तो छ सातौ रास्ट्रिय खेलकुदमा क्रिकेटको खेल तालिका

7th National games logo

विकेटनेपाल, ७ पुष 

पुष ८ गते भोलि शुक्रबारबाट पूर्वान्चलमा सुरु हुने सातौ रास्ट्रिय खेलकुदको क्रिकेटतर्फको खेल भोलि देखिनै सुरुहुने छ l

पुरुष क्रिकेटतर्फ ५ विकास क्षेत्र र ३ विभागीय गरि कुल ८ टिम तथा महिला क्रिकेटतर्फ ५ विकास क्षेत्र र १ विभागीय टोलि गरि कुल ६ टोलिले क्रिकेट विधामा प्रतिस्पर्धा गर्नेछन् l

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ पहिलो खेलमा एपीएफ र मध्यपश्चिमाञ्चल तथा दोश्रो खेलमा मध्यमाञ्चल र पूर्वान्चलले प्रतिस्पर्धा गर्नेछन् l यस्तै महिलातर्फ शुक्रबार एपीएफ र मध्यमाञ्चल तथा पूर्वान्चल र पस्चिमान्चल प्रतिस्पर्धा गर्ने तालिका रहेको छ l

पुरुषतर्फ ८ वटा टिमलाई २ समुहमा बिभाजन गरिएको छ l समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ), मध्यपस्चिमाञ्चल विकास क्षेत्र, सुदुरपश्चिमान्चल विकास क्षेत्र र त्रिभुवन आर्मी क्लब रहेका छन् l यस्तै समुह ‘बि’ मा मध्यमाञ्चल विकास क्षेत्र, पूर्वान्चल विकास क्षेत्र र पस्चिमान्चल विकास क्षेत्र र नेपाल पुलिस रहेका छन् l

समुहचरणमा एकै समुहमा रहेका टिमले एकअर्का संग १-१ खेल खेल्नेछन् जसबाट समुहको बिजेता र उपविजेता टोलि सेमीफाइनल पुग्नेछन् l प्रतियोगिताको फाइनल खेल पुष १५ गते संचालन हुनेछ l

यसैगरी महिलातर्फ समुह ‘ए’ मा  शशस्त्र प्रहरी बल ( एपीएफ ), मध्यमाञ्चल र सुदुरपश्चिमान्चल रहेका छन् भने समुह ‘बि’ मा पूर्वान्चल , पस्चिमान्चल र मध्यपस्चिमाञ्चल रहेका छन् l

सातौ रास्ट्रिय खेलकुदमा कुल २८ वटा खेलमा प्रतिस्पर्धा हुनेछ जसमा कुल १ हजार १ सय ३७ पदकको लागि ४ हजार २९ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् l प्रतियोगिताको उद्घाटन बिराटनगर रंगशालामा र समापन धारण रंगशालामा हुने कार्यक्रम रहेको छ l

पुरुषतर्फ खेल तालिका  l WicketNepal.com

15697487_864998703640544_2850564090889994417_n

महिला क्रिकेट खेल तालिका   l WicketNepal.com
15440536_865002336973514_5119272793239655097_o

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]