विश्वकप, इंग्ल्याण्ड र बर्षा

क्रिकेट आफैंमा एक कठिन खेल हो। खेल सामग्री, नियम र स्थानसंगै क्रिकेटका लागि मौसम समेत धेरै नै महत्वपूर्ण रहने गर्दछ। फुटवल वा अन्य कुनै खेललाई साधारणतया मौसमले धेरै असर नगरेपनि क्रिकेटमा भने मौसमको गढबढीले खेलनै रोकिन सक्छ।

मौसमकै पाटोलाई अझ बिस्तृतमा नियाल्ने हो भने खेल समयमा हुने बर्षाले क्रिकेटलाई अत्याधिक मर्का पार्ने गर्छ। खुल्ला मैदान, माटोको पिच, छालाको बल र काठको ब्याट – वर्षासंग सबैको सम्बन्ध खराब रहेको छ।

कुनैपनि क्रिकेट टिम, खेलाडी वा समर्थकले खेल बर्षाका कारण स्थगित भएको हेर्न चाहदैनन्। तर क्रिकेटको महाकुम्भ मानिने एक दिवसीय विश्वकप २०१९ इंग्ल्याण्डमा चलिरहंदा सुरुवाती १८ खेल मध्ये ५ खेल बर्षाका कारण प्रभावित बनिसकेका छन्। सोहि ५ खेल मध्ये ३ खेल पूर्णरुपमा स्थगित ( वाश्ड आउट ) १ खेल भने सुरु भए पनि वर्षकै कारण नतिजा विहिन रह्यो।

पाकिस्तान र श्रीलंका बिच ब्रिस्टोलमा हुने भनिएको प्रतियोगिताको ११ औं खेल तथा बंगलादेश र श्रीलंका बिच ब्रिस्टोलमै हुनुपर्ने प्रतियोगिताको १६ औं खेल टस समेत नभईकन अन्त्य भयो। यस्तै दक्षिण अफ्रिका र वेस्ट इन्डिज बिरुद्धको खेलमा समेत पहिलो इनिंगको ८ औं ओभरमा बर्षा बाधक बनेपछि खेल अगाडि बढ्न नसक्दा दुबै टोलीले १-१ अंक बाँढे। प्रतियोगिताको अर्को महत्वपूर्ण खेल मानिएको भारत र न्युजिल्याण्डलको खेल समेत बर्षाका कारण अगि बढ्न सकेन। उता अफगानिस्तान र श्रीलंका बिरुद्धको खेलमा समेत बर्षाले बाधा पुर्यायो।

विश्वकप इतिहासको कुरा गर्दा यस सन् १९७५ को पहिलो प्रतियोगिता देखि सन् २०१५ को ११ औं संस्करणसम्म मात्र २ पटक बर्षाका कारण खेल सुरुवात हुन नपाउंदै रद्ध भएको इतिहास छ। तर यस संस्करणको विश्वकपले भने आफ्नो दोस्रो हप्ता नबित्दै ३ खेल पूर्णत: गुमाइसकेको छ।

क्रिकेटको नियमनकारी निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले यस संस्करणको विश्वकप एकोहोरो राउण्ड रोबिन पद्दतिबाट गराउंदै छ। सहभागी सबै १० टोलीहरुले एक अर्का बिच एक-एक खेल खेलेपछि शिर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने नियम रहेको छ। तर पहिलो चरणका खेलहरुका लागि ” रिजर्भ डे ” को व्यवस्था नहुँदा बर्षाका कारण खेल रद्ध भएका र प्रभाव परेका टोलीले शिर्ष ४ मा पर्न संघर्ष गर्नुपर्न सक्ने देखिन्छ।

वर्षाले खेल अवरुद्ध हुँदा महँगो मूल्य हालेर टिकट काट्ने दर्शकहरु आफ्नो प्रिय टिमको खेल हेर्न पाइरहेका छैनन् भने अर्को तर्फ ब्रोडकाष्टर र स्वयम् आईसीसीकै लागि टाउको दुखाइको विषय भनेको छ। यति ठुलो प्रतियोगितामा रिजर्भ डे राखिनु पर्ने माग समेत फ्यानहरुले राखेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले भने लिग चरणका खेलहरुमा “रिजर्भ डे ” को व्यवस्था गर्न सम्भव नहुने बताएको छ। आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभ रिचर्डसनले बिज्ञप्तिमा लिग चरणमा रिजर्भ डे को व्यवस्था गर्दा प्रतियोगिताको अवधि लम्बिने बताउछन्-

“विश्वकपको लिग चरणका हरेक खेललाई रिजर्भ डे को व्यवस्थाले प्रतियोगिताको अवधि लम्बिन जान्छ र यो सम्भव हुदैन। अहिले मौसम अपेक्षा गरिएभन्दा फरक भैरहेको छ।”

रिजर्भ डे को व्यवस्था गर्दा प्रतियोगितामा आउने कठिनाइका बिषयमा बोल्दै रिचर्डसनले थपे, “यसले पिचको तयारि, टिमको यात्रा, बसोबास तथा मैदानको उपलब्धता, प्रशारण समय र विशेष गरि खेल हेर्न आउने समर्थकलाई असर पुर्याउँछ। साथै रिजर्भ डे मा समेत बर्षा हुनसक्ने सम्भावना पनि रहन्छ। ”

इंग्ल्याण्डको समर र विश्वकप :

पछिल्ला केहि दिन यता बिभिन्न क्षेत्रबाट सेमत इंग्ल्याण्डमा यस समयमा विश्वकप आयोजना गर्ने आइसीसीको निर्णयमाथि समेत प्रश्न उठ्न थालेको छ। आयोजक राष्ट्र इंग्ल्याण्ड मौसमका हिसाबले भविष्यवाणी गर्न नसकिने स्थान मानिन्छ।

युरोप महादेशको उत्तरपश्चिम क्षेत्रमा पर्ने इंग्ल्याण्डमा यति बेला “समर सिजन ” चलिरहेको छ। बर्षको तिन वटा महिना जुन, जुलाई र अगस्टलाई इंग्ल्याण्डमा यो सिजनमा पर्छ। तर भौगोलिक परिस्थितिका कारण यो सिजनमा समेत पानि पर्ने भएकाले इंग्ल्याण्डमा यो ३ महिना क्रिकेटका लागि उत्कृस्ट मानिदैन।


यति सबै रहंदा समेत विश्वकपको आयोजना इंग्ल्याण्डकोमा यही समयमा हुनुले प्रश्न चिन्ह खडा भएको छ। हरेक ४ बर्षको अन्तरालमा मात्र आउने विश्वकप क्रिकेटका खेलहरु बर्षाका कारण स्थगित भैरहंदा यस बिषयमा क्रिकेटको नियमनकारी निकायको ध्यान पुग्नु जरुरि छ। बर्षा आफैंमा प्राकृतिक पक्ष रहेकाले त्यसमा कसैको नियन्त्रण रहन नसक्ने भएपनि प्रतियोगिता आयोजना स्थल र समयमा आईसीसीले बढी ध्यान पुर्याउनुपर्ने पो हो कि ?

तपाईको धारणा राख्नुहोला

 





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]