EPL : चितवनको पहिलो हार , भैरहवाको अपराजित यात्रा

काठमाडौँमा जारि चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत चितवन टाइगर्सलाई पराजित गर्दै भैरहवा ग्ल्याडीएटर्स अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। खेलमा नियमित कप्तान सोमपाल कामिले आराम गरेपछि स्थानमा दिलिप नाथले कप्तानी सम्हालेका थिए।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले ४ विकेट क्षेतीमा १७.५ ओभरमै भेटायो।

भैरहवाको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर प्रदिप ऐरीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर तामिम इक्बालले ३० बलमा ५ चौका र १ छक्का मद्दतले ४० तथा उपुल थारांगाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले अविजित ३९ रन बनाए। ऐरी र इक्बालले १०६ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।

चितवनको बलिंगमा करिम जनतले २ विकेट ( ३-०-२३-२ ) तथा सागर ढकाल र भिम शार्कीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको चितवन टाइगर्सले २० ओभरमा ८ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। काठमाडौँको लागि करिम जनतले सर्वाधिक ३५, मोहम्मद शहजादले ३२, सेक्कुगे प्रशन्नाले २४, राजेश पुलामीले १४ तथा दिलिप नाथले १३ रन बनाए। भैरहवाका बलर अविनाश बोहराले सर्वाधिक ३ विकेट ( ४-०-३८-३ ) लिए भने कुशल मल्लले २ ( ४-०-१५-२ ) तथा धम्मिका प्रशाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १ विकेट लिए।

जितपछि भैरहवा लिग अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ जसले ४ खेल खेल्दा २ जित, १ टाई र १ नतिजाविहिन अंक हात परेको छ। हार पछि पनि चितवन ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्ष स्थानमा यथावत छ। चितवन शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भैसकेको छ। आजको दोश्रो खेलमा पोखराले काठमाडौँ किंग्स-११ लाई पराजित गरे पोखरा दोश्रो स्थानमा उक्लनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]