स्टेन विश्वकप टिमबाट बाहिरिए, नयाँ खेलाडीले पाए मौका

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकपमा कमजोर प्रदर्शन गर्ने क्रममा दक्षिण अफ्रीकाले पहिलो २ खेलमा इंग्ल्याण्ड र बंगलादेशसंग हार बेहोरीसकेको छ। २ खेलमा पराजित भएपछि सम्हालिने प्रयासमा रहेको टिमलाई अर्को दुखद समाचारले पिरोलेको छ।

स्टार तिब्र गति बलर डेल स्टेन दक्षिण अफ्रिकी टोलि बाट बाहिरिएका छन्। टिमका सबैभन्दा अनुभवी बलर चोटको कारण खेल्न नसक्ने भएका हुन्।

इन्डियन प्रिमियर लिगको दौरान काँधमा चोट लागेपछि स्टेनले विश्वकपको पहिलो २ खेल गुमाएका थिए। चोट निको हुन समय लाग्ने भएपछि स्टेनले आफ्नो नाम फिर्ता लिएका हुन्।

स्टेनको सट्टा अब टिममा अर्का तेज बलर ब्युरेन हेनड्रिक्सलाई समावेस गरिएको छ। २९ वर्षीय बायाँ हाते पेसर हेनड्रिक्सले यसै वर्ष जानकारीमा पाकिस्तान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए जुन क्रममा २ खेलमा १ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत दक्षिण अफ्रीकाले तेश्रो खेलमा भारतसंग बुधबार खेल्दैछ। भारतसंगको खेल अघि अभ्यास सत्रमा सहभागी हुँदा स्टेन खेल्न सक्ने अनुमान गरिएपनि त्यसो हुन सकेन।

अर्का दक्षिण अफ्रिकी बलर लुंगी एनगिडी पनि मांसपेसीको खिचावको कारण १० दिन टिमबाट बाहिर रहने छन्।

३५ वर्षीय स्टेनले दक्षिण अफ्रीकाको लागि १२५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै १९६ विकेट लिएका छन्। यस्तै ९३ टेस्टमा ४३९ विकेट र ४४ टि-२० मा ६१ विकेट समेत लिएका छन्।

दक्षिण अफ्रिकी टिम : हाशिम अमला, क्विन्टन डीकक, फाफ डु प्लेसिस ( कप्तान ) , रस्सी भान डर दुस्सेन, जेपी डुमिनि, डेभिड मिलर, एन्डीले फेलुक्वायो, ड्वेन प्रिटोरिअस, कागीसो रबाडा, लुंगी एनगीडी, इमरान ताहिर, एडेन मारक्रम, ताब्रिज शाम्सी, क्रिस मोरिस, ब्युरन हेनड्रिक्स





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]