देबदह ‘ए’ डिभिजनमा उक्लियो : रुपन्देही सुपर लिग

  • विकेटनेपाल भैरहवा, ९ माघ

रुपन्देही क्रिकेट संघको आयोजनामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट भैरहवामा आज देखि सुरु भएको छ l

म्यान अफ द म्याच दिपक भण्डारी

भैरहवाको सिद्धार्थ रंगशालामा आयोजित आजको उद्घाटन खेलमा देबदह क्रिकेट युनिटले जवाही क्रिकेट क्लबलाई १९ रनले पराजित गर्दै ‘ए’ डिभिजनमा प्रवेश गरेको छ l

टस जितेर ब्याटिंग गरेको देवदहले निर्धारित ३० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा ब्याटिंग गरेको जवही ३० ओभरमा ५ बिकेट गुमाउदै १ सय ७५ रनमा समेटियो।

देवदहका लागी दिपक भण्डारीले ५६, सुमन पाण्डेले ४५, रोसन गौतमले २६ र प्रदिप पाण्डेले २४ रन योगदान दिए। बलिंग तर्फ जवहीका सरोज क्षत्रीले २ तथा सरोज पौडेल, सगंम क्षेत्री र अकींत श्रेष्ठले १/१ बिकेट लिए । सरोज पौडेल ९० र मधुर भण्डारीले १८ रन बनाए पनि जितका लागी जवहीलाई पर्याप्त हुन सकेन । देवहका किर्तीमान ढकाल र कमल चापागाईले २/२ बिकेट लिए ।

देवदहका दिपक भण्डारी म्यान अफ द म्याच घोषीत भए ।

प्रतियोगिता अन्तर्गत भोलि सोमबार नमस्ते नेपाल क्रीकेट क्लव बेलहीया र साई ग्योलोवल क्रीकेट क्लव भैरहवा बिच प्रस्तीपर्धा हुने आयोजक रुपन्देही क्रीकेट कलवका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए ।

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सह-प्रायोजनमा भैरहेको सुपर लिग क्रिकेट प्रतोयोगितामा रुपन्देहीका ७ बटा ‘ए’ डिभिजन क्लब र १२ बटा ‘बि’ डिभीजनका क्लबहरुले भाग लिएका छन् । १२ ‘बि’ डिभिजन क्लबले १८ गते सम्म हुने नक-आउट क्वालिफायर चरण खेल्नुपर्नेछ जसबाट छनौट हुने ५ वटा टिमले सुपर लिग चरणमा प्रतिस्पर्धा गर्न पाउनेछ l

नकआउट क्वालिफायर चरणबाट आएका ५ टोलि सहित जम्मा १२ वटा ‘ए’ डिभिजन टिमलाई ४ वटा समुहमा बिभाजन गरी सुपर लिगमा खेलाईने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले विकेटनेपाललाई जानकारी दिएका छन् l

सम्बन्धित :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy