दिपक बोहराको उत्कृस्ट प्रदर्शनमा प्रदेश-३ को लगातार दोश्रो जित

  • विकेटनेपाल, बैशाख-१९ 

बुधबार देखि काठमाडौँमा सुरु भएको मनमोहन मेमोरियल अन्डर-१६ क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा प्रदेश-३ र प्रदेश-७ ले जित दर्ता गरेका छन्।

प्रदेश-३ ले दोश्रो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशलाई ८ विकेटले तथा पहिलो जित दर्ता गर्ने क्रममा प्रदेश-७ ले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो। गण्डकीले हिजो प्रदेश-३ संग पनि पराजय बेहोरेको थियो।

 दिपक बोहराको उत्कृस्ट अल-राउण्ड प्रदर्शनमा प्रदेश-३ को जित 

टियु मैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिंग रोजेको कर्णाली प्रदेशले निर्धारित ३० ओभरमा २३ ओभरमै सबै विकेट गुमाएर ९६ रनको योगफल तयार गर्यो। ९७ रनको लक्ष्य प्रदेश-३ ले ११.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।

जितमा यु-१६ राष्ट्रिय क्रिकेटर समेत रहेका दिपक बोहराले बलिंगमा ५ विकेट ( ५-०-१२-५ ) र ब्याटिंगमा ३५ रन ( २४ बलमा ७ चौका ) बनाए । यस्तै अइस भट्टराईले अविजित ३१ रन बनाए।

गण्डकीको दोश्रो हार

दिनको दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको गण्डकीले २०.५ ओभरमा ९० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ९१ रनको लक्ष्य प्रदेश-७ ले २२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

प्रदेश-७ को जितमा ब्याटिंगमा संदेश भट्टले ३८ र अनिल थापाले २३ रन तथा बलिंगमा  सचिन बदायकले ३ विकेट र सुवास ऐयरले २ विकेट लिए। नितेश गिरिले ३ विकेट लिए पनि गण्डकीलाई जित दिलाउन सकेनन्।

अंकतालिका  

Group A

S.N Region Played Won Loss NR Points Net. Run rate
1. Province No. 3 2 2 0 4*  
2. Province No. 7 1 1 0 2  
3. Karnali Province 1 0 1 0  
4. Gandaki Province 2 0 1 0  

 भोलिको खेल :-  पहिलो खेल – प्रदेश १ Vs प्रदेश २ , दोश्रो खेल – प्रदेश ७ Vs कर्णाली प्रदेश

प्रतियोगिता बैशाख १८ देखी २४ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाईएको छ । दुई समूह मध्येका शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मो प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]