धौलागिरी कप क्रिकेटको सेमिफाईनल समिकरण पुरा

२०७४ चैत्र ११, आईतवार ११:११

  • सन्तोष क्षत्री , बागलुङ, चैत १०

बागलुङमा जारी पाँचौ धौलागिरी कप चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनलको लागि समिकरण पुरा भएको छ ।
आईतबार हुने सेमिफाइनलको लागि नेपाल विद्यार्थी संघ बागलुङ, राईजिङ क्रिकेट एकेडेमि पोखरा, बुटवल युवा स्पोर्टस् क्लब बुटवल र आयोजक बागलुङ क्रिकेट क्लब सेमिफाईनलमा प्रवेश गरेका हुन्।

शनिबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा राईजिङ क्रिकेट एकेडेमि पोखराले बागलुङ नगरपालिका–५ मुलपानीलाई ४ विकेट र आयोजक बागलुङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई एक सय २६ रनले पराजित गर्दे सेमिफाईनलमा प्रवेश गरेका हुन्।

पहिलो क्वाटरफाइनलमा टस जितेर पहिले ब्याटिङग गर्दे बागलुङ नगरपालिका–५ मुलपानीले दिएको एक सय दुइ रनको लक्ष्य राईजिङ क्रिकेट एकेडेमि पोखराले ११ ओभरमा ६ विकेटको गुमाएर पुरा गरेको थियो । राईजिङ क्रिकेट एकेडेमि पोखरालाई विजयी गराउन ८ बलमा २४ रन जोडदै ३ विकेट लिएका मुक्ति यादव म्यान अफ दि म्याच भए ।

यस्तै दोस्रो क्वाटर फाइनलमा टस जिते पहिले ब्याटिङग गर्दे बागलुङ क्रिकेट क्लबले दिएको दुई सय पैतालिस रनको बिशाल लक्ष्य पक्षाएको पोखरा क्रिकेट क्लब १५ ओभर खेल्दै मात्र १ एक सय १८ रन बनाउदै अलआउट भएको थियो । बागलुङ क्रिकेट क्लब बाट ओपनिङ गर्दे मात्र २४ बलमा ५८ रन बनाएर एक विकेट लिएका विक्कि गाजी म्यान अफ दि म्याच भए।

शनिबार भएको पहिलो खेलमा राईजिङ क्रिकेट एकेडेमि पोखराबाट राष्ट्रिय खेलाडि करण केसी, दोस्रो खेलमा आयोजक बागलुङ क्रिकेट क्लबबाट बिक्रम शोब तथा पोखरा क्रिकेट क्लबबाट यु १६ खेलाडि समिर सेन खेलेका थिए।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ, भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy