शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्ने

Shikhar Dhawan

नेपाल प्रिमियर लिगको टिम कर्णाली याक्सले हालसम्मकै ठूलो घोषणा गर्ने क्रममा चर्चित भारतीय क्रिकेटर शिखर धवनलाई टिममा अनुबन्ध गरेको घोषणा गरेको छ।

सोमपाल कामि मार्की खेलाडी रहेको याक्सले सामाजिक संजाल मार्फत धवनलाई आवद्ध गरेको घोषणा गरेको हो।

श्रोतका अनुसार धवनले लिगको चार वटा मात्र खेल खेल्नेछन्। नेपाल बसाइँको क्रममा उनले पशुपति नाथ मन्दिर लगायतका केहि स्थान भ्रमण गर्ने कार्यक्रम छ।

धवनसंग याक्सका प्रतिनिधिहरु सोमबार भारत पुगेर सम्झौता गरेका हुन्। सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।

सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीच धवनलाई अनुबन्ध गर्न सफल भएको बताए । ‘आर्थिक चुनौतीको बीच विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौं ।’

धवन पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी पछि नेपालको घरेलु लिग खेल्ने सबैभन्दा ठूलो खेलाडी हुनेछन्। अफ्रिदीले २०२१ सेप्टेम्बरमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स एघारबाट एभरेस्ट प्रिमियर लिग खेलेका थिए। अफ्रिदीले सो क्रममा मात्र २ खेल खेलेका थिए जुन क्रममा दोश्रो खेल भने वर्षाले रद्द भएको थियो।

३९ वर्षीय देब्रे हाते ब्याट्सम्यानले भारतको लागि २६९ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् जुन क्रममा १६७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय, ६९ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा ३४ वटा टेस्ट खेलका छन्। उनको नाममा २४ अन्तर्राष्ट्रिय शतक रहेको छ। २ वर्ष अघि डिसेम्बर २०२२ मा उनले बंगलादेश विरुद्ध भारतको लागि अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। यस्तै उनले अन्तिम टि-ट्वान्टी अन्तर्राष्ट्रिय २०२१ मा श्रीलंका विरुद्ध तथा अन्तिम टेस्ट २०१८ मा इंग्ल्यान्ड विरुद्ध खेलेका थिए। कुल १० हजार ८ सय ६७ अन्तर्राष्ट्रिय रन बनाएका उनि भारतको लागि १० हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने मात्र १२ ब्याट्सम्यान भित्र पर्छन्।

धवन चर्चित भारतीय लिग इन्डियन प्रिमियर लिग ( आईपीएल ) इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। आईपीएलको पछिल्लो संस्करण पन्जाब किंग्सको कप्तानी गरेका धवनले पाँचवटा आईपीएल टिमको लागि खेलीसकेका छन्। त्यस क्रममा उनले २२२ खेलमा ३५. २५ को औशतले ६ हजार ७ सय ६९ रन बनाएका छन्। २ शतक र ५१ अर्धशतक बनाएका धवन भन्दा अघि रहेका भारतीय स्टार ब्याटर बिराट कोहलीले ८ हजार ४ रन बनाएका छन्।

राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको कर्णाली याक्सले यस अघि तिन जना विदेशी खेलाडी टिममा आवद्ध गरिसकेको छ।वेष्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसेन तलत र हङकङका बाबर हयात अनुबन्ध भैसकेका छन्।

कर्णाली याक्स टिम : सोमपाल कामि ( मार्की खेलाडी ) , गुल्सन झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ति, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिश बिक्रम सिंह ठकुरी
विदेशी खेलाडी : शिखर धवन, चाडविक वाल्टन, बाबर हयात, हुसेन तलत





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]