दिल बहादुर बोहराको ब्याटिंग मदतले डडेलधुरा फाइनलमा

करिब १ बर्ष अघि आईपीएल टिम किंग्स-११ पन्जाब टिमको बन्द सत्रमा परेको भनि चर्चा कमाए पनि दिल बहादुर बोहराले रास्ट्रिय टिमको बन्दसत्रमा भने प्रभाब पार्न सकेनन् l

डोटीको खप्तड मैदानमा भइरहेको दोश्रो एकता कप क्रिकेट प्रतियोगितामा भने आफ्नो स्थानीय टिम डडेल्धुरालाई फाइनल सम्म पुर्याउन बोहराले महत्वपूर्ण पारि खेलेका छन् l

स्थानीय प्रतिष्ठित प्रतियोगिताको आज सम्पन्न सेमीफाइनल खेलमा बोहराले ३० बलमा ४ छक्का र २ चौका मदतले ४३ रन बनाएर आफ्नो टिमलाई ८ विकेटको सहज जित दिलाउन महत्वपूर्ण भूमिका खेले l

महेन्द्रनगरको रास्ट्रिय खेलाडीहरुले सम्पन्न टिम बड्डा सप्लायर्सले टस जितेर पहिले ब्याटिंग गर्दै दिएको १०४ रनको लक्ष डडेल्धुराले १२.४ ओभरमानै पुरा गर्यो l लक्ष पछ्याउन खेलको म्यान अफ द म्याच चुनिएका बोहराले ४३, रोशन नेपालीले ३१, सन्तोष भट्टले १२ तथा आयुश्मन बमले १२ रनको योगदान दिएका थिए l

यु-१९ रास्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीले बड्डा सप्लायर्सको लागि सर्बाधिक २ विकेट हात पार्न ४ ओभरमा २८ रन खर्चिए l

पहिले ब्याटिंग गरेको बड्डा सप्लायर्सको लागि टिमका अर्का यु-१९ रास्ट्रिय क्रिकेटर योगेन्द्र सिंह कार्कीले २७ रन योगदान दिए l भिम सार्कीले सर्बाधिक ३० रन प्रहार गर्न १९ बल मात्रै खर्चे जसमा ४ चौका र १ छक्का सामेल थियो l दिपेन्द्र चन्दले २९ रन बनाए l

डडेल्धुरा बलर धर्म थापाले सर्बाधिक ३ विकेट लिंदा सन्तोष भट्ट, कमल ऐरीले २/२ विकेट हात पारे l

14872437_1080880495360124_16831803_n

बुधबारनै सम्पन्न दोश्रो सेमीफाईनल खेलमा योगेश्वर युवा क्लबले श्रृजनशिल क्रिकेट क्लबलाई १९ रनले पराजित गर्यो l

टस जितेर श्रृजनशिलले योगेश्वर युवा क्लबलाई ब्याटिंग गर्ने निम्तो दियो l योगेश्वर युवा क्लबले निर्धारित २० ओभरमा १६७/८ को स्कोर खडा गर्यो l

योगेश्वरको लागि शंकर द्वारिया सर्बाधिक ४४ ( २ चौका, ४ छक्का ) तथा प्रनित थापाले २४ रन योगदान दिए l श्रृजनशिल बलर महेश अधिकारीले सर्बाधिक ३ विकेट तथा नारायण जोशी र सिफ्टेन् अन्सारीले २ विकेट हात पारे l

प्रतिउत्तरमा सृजनशीलले पुरै २० ओभरमा ९ विकेट क्षतिमा १४८ रन मात्रै बनाउन सक्यो र खेल १९ रनले हार्न पुग्यो l बसन्त कार्कीले ३९, गणेश शाहीले २० तथा रोशन अधिकारीले १५ रन योगदान दिए l

बलिंग तर्फ पनि ४ विकेट लिएका शंकर द्वारिया म्यान अफ द म्याच चुनिए l रमेश शाहुले पनि ३ विकेट आफ्नो नाम गरे l

प्रतियोगिताको फाइनल खेल बिहिबार डडेल्धुरा स्पोर्ट्स क्लब र योगेश्वर युवा क्रिकेट क्लब बीच संचालन हुनेछ l

बिजेता टोलिले १ लाख र उपविजेता टोलिले ५० हजार रुपैया पाउनेछन् l डोटीमै यति धेरै पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो l





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]