दिपेन्द्र-आरिफको शतकीय साझेदारी, सेमिफाइनल समिकरण पुरा

  • विकेटनेपाल, जेठ २३ – बुधबार

राजधानीमा जारि प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

समूह ‘ए’ बाट हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल क्लबलाई पराजित गरेपछि आर्मी समूह बिजेता र एपीएफ उपविजेता बनेका थिए। आज भएको नेपाल पुलिस क्लब र प्रदेश नम्बर ५ बिचको खेलमा पुलिस क्लब ७ विकेटले बिजय भएपछी, पुलिस बिजेता र हारका बाबजुत उत्कृस्ट रनरेटका साथ प्रदेश ५ उपविजेता बन्दै समूह ‘बि’ बाट सेमिफाइनलमा प्रवेश गरेका छन्।

अब २५ गते शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को बिजेता आर्मीले समूह ‘बि’ को उपविजेता प्रदेश ५ को सामना गर्नेछ भने शनिबार हुने दोश्रो सेमिफाइनल खेल एपीएफ क्लब र पुलिस क्लबबीच हुनेछ।

आज किर्तिपुर मैदानमा सम्पन्न खेलमा दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अविजित शतकीय साझेदारी गरेपछि नेपाल पुलिस क्लबले प्रदेश नम्बर ५ लाई ६ ओभर अगावै ७ विकेटले पराजित गर्यो। स्कोरकार्ड

प्रदेश ५ ले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसका लागि १०४ रनको साझेदारी गर्दा ऐरीले अविजित ५८ रन बनाउन ५३ बल तथा शेखले अविजित ४५ रन बनाउन ५१ बलमा समान २ चौका र ३ छक्का प्रहार गरे। यस्तै सुनिल धमलाले ३६ र अमित श्रेष्ठ ३० रन बनाउँदै पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे भने दिलिप नाथले पनि २४ रनको पारि खेले। प्रदेश ५ का सन्दिप सुनारको नाममा २ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ५ ले शंकर रानाको ४४ रन, सौरभ खनालको ४२ रन तथा बिक्रम भुसालको आक्रामक अन्त्यको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो। १२ बल सामना गरेका भुसालले १ चौका र २ छक्का हिर्काए। बलिंगतर्फ पुलिसका रामनरेश गिरि र ललित राजबंशीले २/२ विकेट लिए।

प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्ने छ। यस्तै म्यान अफ द सिरिजले १ लाख र उत्कृस्ट ब्याट्सम्यान तथा बलरले जनही ५० हजार प्राप्त गर्नेछन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy