दीपेन्द्रको कीर्तिमानी शतक, नेपालको जितसँगै पपुवा न्यु गिनी फाइनलमा

घरेलु मैदानमा जारि त्रिकोणात्मक ट्वान्टी २० शृंखला अन्तर्गत दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा शनिबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

ट्वान्टी २० अन्तराष्ट्रियमा रनको आधारमा नेपालको यो चौथौं ठुलो जित हो । यसअघि नेपालले नेदरल्यान्ड्सलाई १४२, भुटानलाई १४१ तथा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपालको जितसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ भने पपुवा न्यु गिनी फाइनलमा पुगेको छ । दुवै टोलीले समान ४ खेलमा १ जितसहित समान २ अंक जोडेता पनि नेट रन रेटको आधारमा पपुवा न्यु गिनी फाइनलमा पुगेको हो ।

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा नेपालले भने अपराजित रहँदै फाइनलमा स्थान बनायो । अब उपाधिको लागि सोमबार नेपाल र पपपुवा न्यु गिनी आमने-सामने हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा २२४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १ बल बाँकी रहँदै १३८ रनमा समेटिएको थियो ।

मलेसियाको ब्याटिंगतर्फ ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकाको मद्धतमा सर्वाधिक ४७ रन जोडे । यस्तै, कप्तान अहमद फैजले ३३, अनुल अफिजले १८ तथा सैद अजिजले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिंगतर्फ कप्तान सन्दिप लामिछानेले ( ४-०-१९-३ ) सर्वाधिक ३ विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरी र कमल ऐरीले समान २ तथा कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट हात पारे ।

यसअघि  टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । ट्वान्टी २० मा नेपालले बनाएको यो तेस्रो सर्वाधिक योगफल हो । यसअघि नेपालले गत वर्ष अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध सर्वाधिक २३८ तथा २०१९ मा भुटानविरुद्ध २३६ रनको योगफल तयार पार्न सकेको थियो ।

नेपालको ब्याटिंगतर्फ दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्काको मद्धतमा अविजित ११० रनको कीर्तिमानी इनिंग्स खेले । उनले अन्तिम ओभरको तेस्रो र चौथौं बलमा छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए ।

उनि ट्वान्टी २० अन्तराष्ट्रियमा शतक बनाउने चौथौं नेपाली ब्याटर बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ट्वान्टी २० अन्तराष्ट्रियमा नेपालबाट शतक बनाएका थिए ।

यस्तै, दीपेन्द्र ट्वान्टी २० अन्तराष्ट्रियमा नेपालबाट एकै खेलमा व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी २० अन्तराष्ट्रियमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध ५५ बलमा सर्वाधिक १०७ रन बनाएका थिए ।यस्तै, पारस खड्काले सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ तथा कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा अविजित १ सय ४ रन बनाएका थिए ।

रोहित पौडेलले पनि ट्वान्टी २० अन्तराष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ३४ बलमा ५ चौकाको मद्धतमा ५१ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल १२ तथा आशिफ शेख ११८ रनमा आउट भएपछि दीपेन्द्र र रोहितले तेस्रो विकेटको लागि ९६ रनको साझेदारी गरेका थिए ।

मलेसियाको बलिंगतर्फ मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले समान १ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]