आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियतामा दिपेन्द्र विश्वकै दोश्रो स्थानमा

dipendra singh airee

आईसीसी टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अल-राउण्डर दिपेन्द्र सिंह ऐरीले ऐतिहासिक सफलता हात पारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको ताजा ( अक्टोबर १ २०२४ )  ऐरी वरियतामा हालसम्मकै उच्च अर्थात् दोश्रो स्थानमा पुगेका छन्। यस अघि छैठौं स्थानमा रहेका ऐरीले ४ स्थान फड्को मारेका हुन्। उनि भन्दा अगाडी इंग्ल्यान्डका लियाम लिभिंगस्टोन छन्। ऐरीको २३० रेटिंग अंक छ भने लिभिंगस्टोनको २५३ अंक रहेको छ। अस्ट्रेलियाका मार्कस स्टोइनिस वरियताको दोश्रो स्थानबाट झर्दै तेश्रो स्थानमा पुगेका छन् भने जिम्बाब्वेका सिकन्दर राजा चौंथो, श्रीलंकाका वानिन्दु हसरंगा पाँचौ, अफगानिस्तानका मोहम्मद नाबी छैठौं, भारतका हार्दिक पान्ड्या सातौँ, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रीकाका एडेन मारक्रम संयुक्त रुपमा आठौँ तथा नामिबियाका जेरहार्ड इरास्मस दसौं स्थानमा छन्।

यो नै नेपाली खेलाडीले आईसीसी अन्तर्राष्ट्रिय वरियतामा हाँसिल गरेको सबैभन्दा उच्च स्थान हो। उनि टि-ट्वान्टी अन्तर्राष्ट्रियतर्फ ब्याटिंगमा ४३ औं तथा बलिंगतर्फ ७० औं स्थानमा छन्। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा भने ऐरी बलिंगतर्फ ६३ औं तथा ब्याटिंगतर्फ १६५ औं स्थानमा छन्।

यो वर्ष अप्रिल देखि दिपेन्द्र टि-ट्वान्टी अलराउण्डर वरियताको शिर्ष १० भित्र रहँदै आएका थिए।

टि-२० अन्तर्राष्ट्रिय वरियताको बलिंगतर्फ नेपालका फास्ट बलर सोमपाल कामि ९१ औं स्थानमा छन् भने ब्याटिंगतर्फ रोहित पौडेल ६१ औं, आसिफ शेख ७० औं तथा कुशल मल्ल १०० औं स्थानमा छन्। एकदिवसीय अन्तर्राष्ट्रियको ब्याटिंगतर्फ आसिफ शेख ८२ औं, कुशल भुर्तेल ८३ औं, रोहित पौडेल ८७ औं स्थानमा छन् भने बलिंगतर्फ सन्दिप लामिछाने ४६ औं, ललित राजबंशी ५१ औं, दिपेन्द्र सिंह ऐरी ६३ औं, करन केसी ८७ औं स्थानमा छन्।

टिम वरियतातर्फ नेपाल एकदिवसीय र टि-ट्वान्टी अन्तर्राष्ट्रिय दुवैमा १७ औं स्थानमा छ।

ऐरिको नाममा छन् यी रेकर्ड 

जुलाई २०१८ मा नेदरल्याण्ड विरुद्ध इंग्ल्यान्डको लर्ड्स टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका ऐरीले ७० वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। उनले त्यस क्रममा ६२ इनिंग्समा एक शतक र नौ अर्धशतक मद्दतले कुल १ हजार ६ सय ९४ रन बनाएका छन् जुन क्रममा उनले मलेसिया विरुद्ध घरेलु मैदानमा २०२२ अप्रिलमा शतक ( ११०* ) बनाएका थिए। यस्तै बलिंगतर्फ ४५ इनिंग्समा ४५ विकेट लिएका उनले दुई पटक एकै खेलमा ४ विकेट लिएका छन्।

ऐरीको नाममा टि-ट्वान्टी अन्तर्राष्ट्रियको एकै इनिंग्समा सबैभन्दा धेरै स्ट्राइक रेटको तथा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड पनि रहेको छ। उनले मंगोलिया विरुद्ध एसियन गेम्समा गत वर्ष २०२३ सेप्टेम्बरमा मात्र १० बलमा ८ छक्का मद्दतले अविजित ५२ रन बनाएका थिए। त्यसक्रममा उनले ५२०. ० को स्ट्राइक रेटमा रन बनाउदै उक्त किर्तिमान बनाएका थिए जसको नजिक पनि कुनै अन्तर्राष्ट्रिय क्रिकेटर छैनन्। सोहि इनिंग्सको क्रममा ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गर्दै भारतीय पूर्व क्रिकेटर यूवराज सिंहको १६ वर्ष पुरानो १२ बलको अर्धशतकको रेकर्ड तोडेका थिए।

कतार विरुद्ध यो वर्ष अप्रिलमा सम्पन्न एसीसी प्रिमियर कप टि-२० मा दिपेन्द्रले अर्को अद्भुत रेकर्ड पनि आफ्नो नाम गरेका थिए। खेलमा उनले कमरान अकमलले गरेको एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने पाँचौ अन्तर्राष्ट्रिय क्रिकेटर बन्न पुगेका थिए। टि-२० अन्तर्राष्ट्रियमा ऐरी भन्दा अघि भारतका यूवराज सिंह र वेस्टइन्डिजका काइरन पोलार्डले तथा एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका हर्षल गिब्स र अमेरिकाका जस्करण मल्होत्राले मात्र ऐरी भन्दा अघि यो काम गर्न सकेका थिए।

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दिपेन्द्रको नाममा दुर्लभ रेकर्ड पनि रहेको छ। उनि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा डक आउट अर्थात् खाता नखोली एक पटक पनि आउट भएका छैनन्। कुल ७० खेलको ६२ इनिंग्समा ब्याटिंगको मौका पाउँदा ऐरी हालसम्म खाता नखोली आउट भएका छैनन्। वेस्टइन्डिजका पूर्व क्रिकेटर मार्लन स्यामुएल्स ( ६५ इनिंग्स ) पछि यो ऐरी यो कीर्तिमानमा दोश्रो स्थानमा रहेका छन्। अब ४ इनिंग्समा ऐरी डक आउट नबनाएको खण्डमा ऐरीले नयाँ विश्वकीर्तिमान बनाउनेछन्। सक्रिय क्रिकेटरको रुपमा भने ऐरी टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै खेलमा डक आउट नहुने खेलाडी हुन्।

यस्तै ऐरी टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रनकर्ता हुन्। उनले ७० खेलको ६५ इनिंग्समा १ शतक र ९ अर्धशतक मद्दतले १,६९४ रन बनाएका छन्। जुन क्रममा उनको औशत ३६. ०४ र स्ट्राइक रेट १४३. ४३ रहेको छ। दोश्रो सर्वाधिक रनकर्ता रोहित पौडेलले ५५ खेलको ५३ इनिंग्समा १,१८७ रन, तेश्रो स्थानका आसिफ शेखले ५० खेलको ५० इनिंग्समा १,१५१ रन तथा चौंथो स्थानका कुशल भुर्तेलले ४९ खेलको ४८ इनिंग्समा १,१४५ रन बनाएका छन्। अन्य नेपाली खेलाडीले एक हजार भन्दा बढी रन बनाउन सकेका छैनन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय बलिंगतर्फ भने ऐरी नेपालको सर्वाधिक विकेटकर्ताको सुचीमा पाँचौ स्थानमा छन्। ऐरीले कुल ४५ विकेट लिएका छन्। यो सुचीमा सन्दिप लामिछाने ५६ खेलको ५६ इनिंग्समा १०६ विकेट सहित पहिलो, करन केसी ७३ खेलको ७३ इनिंग्समा ९३ विकेट सहित दोश्रो, अविनाश बोहरा  ६२ खेलको ५९ इनिंग्समा ७५ विकेट सहित तेश्रो तथा सोमपाल कामि ७० खेलको ७० इनिंग्समा ६५ विकेट सहित चौंथो स्थानमा छन्।





थप समाचार

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]