दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।

गय राति टोरोन्टोमा नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलिले ४५. ३ ओभरमा १५६ रन मात्र बनाउन सक्यो।

पहिले ब्याटिंग गरेको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्न सकेन। ४६. १ ओभरमा सबै विकेट गुमाएर नेपालले १७६ रन बनायो।

नेपालको लागि नवौं नम्बरमा ब्याटिंग गरेका सोमपाल कामिले सर्वाधिक ३१ रन बनाए। ११९/७ को नाजुक अवस्थाबाट सोमपालले आठौँ विकेटको लागि दिपेन्द्र ऐरीसंग ५६ रनको साझेदारी गरे। ऐरीले ४० बलमा २७ रन बनाए। यस अघि ओपनर अनिल शाह २५, आरिफ शेख १८, भिम शार्की १६, देव खनाल १५, अर्जुन साउद ७, गुलसन झा ६ तथा कुशल भुर्तेल खाता नखोली आउट भए।

क्यानडा हाई परफरमेन्सको बलिंगमा इरफान सदात, शाहिद अहमदजाई, सुखजिन्दर सिंह, निशान्त भार्गवले समान २ विकेट लिए।

घरेलु टोलिको ब्याटिंगतर्फ ओलिभर कक्सले ३९, मुनिर अहमद ककरले ३६, यूवराज शर्माले २३, कप्तान अलि नदीमले २० , निकोलस मनोहरले १९ रन योगदान दिए पनि जित्न पर्याप्त भएन।

नेपालको बलिंगमा ललित राजवंशी र गुल्सन झाले २/२ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १/१ विकेट लिए। बाँकी ३ विकेट नेपालले रन आउट मार्फत पायो।

नेपालले सोहि टोलिसंग तेश्रो अभ्यास खेल अक्टोबर ७ ( आइतबार ) खेल्नेछ। नेपाली समय ८:१५ बजे राति खेल सुरु हुनेछ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]