दोश्रो अभ्यास खेलमा नेपाल विजयी

२०८१ आश्विन २०, आईतवार १०:०१

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।

गय राति टोरोन्टोमा नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलिले ४५. ३ ओभरमा १५६ रन मात्र बनाउन सक्यो।

पहिले ब्याटिंग गरेको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्न सकेन। ४६. १ ओभरमा सबै विकेट गुमाएर नेपालले १७६ रन बनायो।

नेपालको लागि नवौं नम्बरमा ब्याटिंग गरेका सोमपाल कामिले सर्वाधिक ३१ रन बनाए। ११९/७ को नाजुक अवस्थाबाट सोमपालले आठौँ विकेटको लागि दिपेन्द्र ऐरीसंग ५६ रनको साझेदारी गरे। ऐरीले ४० बलमा २७ रन बनाए। यस अघि ओपनर अनिल शाह २५, आरिफ शेख १८, भिम शार्की १६, देव खनाल १५, अर्जुन साउद ७, गुलसन झा ६ तथा कुशल भुर्तेल खाता नखोली आउट भए।

क्यानडा हाई परफरमेन्सको बलिंगमा इरफान सदात, शाहिद अहमदजाई, सुखजिन्दर सिंह, निशान्त भार्गवले समान २ विकेट लिए।

घरेलु टोलिको ब्याटिंगतर्फ ओलिभर कक्सले ३९, मुनिर अहमद ककरले ३६, यूवराज शर्माले २३, कप्तान अलि नदीमले २० , निकोलस मनोहरले १९ रन योगदान दिए पनि जित्न पर्याप्त भएन।

नेपालको बलिंगमा ललित राजवंशी र गुल्सन झाले २/२ विकेट लिंदा दिपेन्द्र सिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १/१ विकेट लिए। बाँकी ३ विकेट नेपालले रन आउट मार्फत पायो।

नेपालले सोहि टोलिसंग तेश्रो अभ्यास खेल अक्टोबर ७ ( आइतबार ) खेल्नेछ। नेपाली समय ८:१५ बजे राति खेल सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy