ग्लोबल टि-२० क्यानडा : दिपेन्द्र क्यानडा प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरी ग्लोबल टि-२० लिग क्यानडामा सहभागी हुन् क्यानडातर्फ बिहिबार प्रस्थान गरेका छन्। सोहि लिग खेल्न अर्का नेपाली क्रिकेटर सन्दिप लामिछाने बुधबार क्यानडा प्रस्थान गरिसकेका छन्। 

पहिलो पटक विदेशी फ़्रेन्चाइज् लिग खेल्न लागेका दिपेन्द्रले मोन्टरियल टाइगर्सको प्रतिनिधित्व गर्नेछन्। टाइगर्सको प्रशिक्षक डेभ व्हाटमोर हुन् जो नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक रहीसकेका छन्। उनी व्हाटमोरले ऐरीलाई टिममा भित्र्याउन विशेष भूमिका खेलेका हुन्।

https://youtube.com/shorts/MWLkio7tBy4?feature=share

दिपेन्द्रको मोन्टरियल टाइगर्सले लिगमा पहिलो खेल शनिवार सन्दिप लामिछानेको टिम सरे ज्यागुअरसंग खेल्नेछ। सन्दिप र दिपेन्द्र दुवैले अन्तिम एघारमा स्थान बनाएको खण्डमा बिपरित टिममा दुवैको प्रतिस्पर्धा हेर्न रोचक हुनेछ।

मोन्टरियल टाइगर्समा स्टार बंगलादेश क्रिकेटर शाकिब अल हसन पनि छन्। यस्तै वेस्टइन्डिज स्टार ब्याट्सम्यान आन्द्रे रसेल, कार्लोस ब्राथवेट, शर्फेन रुथरफोर्ड, अस्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका जहिर खान जस्ता खेलाडी टिममा छन्।

सन्दिपको टिम सरे ज्यागुअरमा अस्ट्रेलियाका बेन कटिंग, इंग्ल्यान्डका एलेक्स हेल्स, बंगलादेशका लिटन दास तथा पाकिस्तानका मोहम्मद हरिस, इफ्तिखार एहमद जस्ता खेलाडी आवद्ध छन्।

सन्दिपले ग्लोबल टि-२० लिगको पहिलो संस्करण २०१८ र दोश्रो संस्करण २०१९ मा क्रमशः मोन्टरियल टाइगर्स र टोरोन्टो नेसनल्सको प्रतिनिधित्व गरेका थिए। २०१९ को सिजन अर्का नेपाली क्रिकेटर सोमपाल कामिले पनि खेलेका थिए।  त्यसपछि विविध कारणले लिगको आयोजना हुन सकेको थिएन। लिग पुनः सुरुवात हुँदा सन्दिपले लगातार तेश्रो सिजन सहभागिता जनाउन लागेका हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy