ग्लोबल टि-२० क्यानडा : दिपेन्द्र क्यानडा प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरी ग्लोबल टि-२० लिग क्यानडामा सहभागी हुन् क्यानडातर्फ बिहिबार प्रस्थान गरेका छन्। सोहि लिग खेल्न अर्का नेपाली क्रिकेटर सन्दिप लामिछाने बुधबार क्यानडा प्रस्थान गरिसकेका छन्। 

पहिलो पटक विदेशी फ़्रेन्चाइज् लिग खेल्न लागेका दिपेन्द्रले मोन्टरियल टाइगर्सको प्रतिनिधित्व गर्नेछन्। टाइगर्सको प्रशिक्षक डेभ व्हाटमोर हुन् जो नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक रहीसकेका छन्। उनी व्हाटमोरले ऐरीलाई टिममा भित्र्याउन विशेष भूमिका खेलेका हुन्।

https://youtube.com/shorts/MWLkio7tBy4?feature=share

दिपेन्द्रको मोन्टरियल टाइगर्सले लिगमा पहिलो खेल शनिवार सन्दिप लामिछानेको टिम सरे ज्यागुअरसंग खेल्नेछ। सन्दिप र दिपेन्द्र दुवैले अन्तिम एघारमा स्थान बनाएको खण्डमा बिपरित टिममा दुवैको प्रतिस्पर्धा हेर्न रोचक हुनेछ।

मोन्टरियल टाइगर्समा स्टार बंगलादेश क्रिकेटर शाकिब अल हसन पनि छन्। यस्तै वेस्टइन्डिज स्टार ब्याट्सम्यान आन्द्रे रसेल, कार्लोस ब्राथवेट, शर्फेन रुथरफोर्ड, अस्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका जहिर खान जस्ता खेलाडी टिममा छन्।

सन्दिपको टिम सरे ज्यागुअरमा अस्ट्रेलियाका बेन कटिंग, इंग्ल्यान्डका एलेक्स हेल्स, बंगलादेशका लिटन दास तथा पाकिस्तानका मोहम्मद हरिस, इफ्तिखार एहमद जस्ता खेलाडी आवद्ध छन्।

सन्दिपले ग्लोबल टि-२० लिगको पहिलो संस्करण २०१८ र दोश्रो संस्करण २०१९ मा क्रमशः मोन्टरियल टाइगर्स र टोरोन्टो नेसनल्सको प्रतिनिधित्व गरेका थिए। २०१९ को सिजन अर्का नेपाली क्रिकेटर सोमपाल कामिले पनि खेलेका थिए।  त्यसपछि विविध कारणले लिगको आयोजना हुन सकेको थिएन। लिग पुनः सुरुवात हुँदा सन्दिपले लगातार तेश्रो सिजन सहभागिता जनाउन लागेका हुन्।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]