डीपीएल, ईपीएल, एमसीएल पछि अब “टिपीएल” पनि अक्सन आधारित

  • विकेटनेपाल, भदौ १७

रुपन्देही जिल्लामा अक्सनमा आधारित तिलोत्तमा प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ l असोज २२ गतेदेखि ३१ गतेसम्म तिलोत्तमा क्रिकेट बिकास समितिद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहने छ l

प्रतियोगिताबारे जानकारी दिनको लागि भदौ १४ गते बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी टिमहरु र प्रत्येक टिमका कप्तानहरुको घोषणा गरिएको थियो l प्रतियोगितामा सहभागी हुने खेलाडीहरु छान्न भदौ २४ गते अक्सन आयोजना गरिनेछ l

रुपन्देहीको तिलोत्तमा -६, नयाँमिल स्थित नवजीवन क्लबको खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरु हुनेछन् l प्रतियोगितामा जिल्लाका स्कुल स्तरदेखि, क्षेत्रीय र रास्ट्रीय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएका छन् l

सहभागी हुने ८ टिममध्ये गोलपार्क लायन्स टिमको कप्तानी रास्ट्रिय क्रिकेटर राहुल बिकले गर्नेछन् l एनएससिए टाईगर्सको कप्तान यु-१९ रास्ट्रिय क्रिकेटर रहीसकेका शंकर राना भने बम रक्सको कप्तानी अर्का यु-१९ रास्ट्रिय क्रिकेटर कृष्ण कार्कीले गर्नेछन् l अर्का यु-१९ रास्ट्रिय क्रिकेटर निर्मल थापा एससिसी स्टिकरको कप्तानी रहनेछन् l यस्तै बुटवल फाइटरको कप्तानी अमित श्रेष्ठ, ज्ञानोदय गोल्ड्सको कप्तानी निशान्त शर्मा, नुसी वारियरको कप्तानी मान बहादुर थापा तथा लुम्बिनी केएलको कप्तानी महेश मिश्रले गर्नेछन् l

क्रिकेटर कृष्ण कार्की आफ्नो कप्तानीको टिम बम रक्सको जर्सी सार्वजनिक गर्दै l  दायाँबाट पहिलो शक्ति गौचन, प्रशान्त मल्ल ( रुपन्देही क्रिकेट संघ अध्यक्ष )

अक्सनमा नाम दर्ता गराएका मध्ये क्षेत्रीय र रास्ट्रीय खेलाडीहरुको मूल्य रु १०,००० रहेको प्रतियोगिता प्रतियोगिता संयोजक दिपक भुर्तेलले विकेटनेपाललाई जानकारी गराउनु भएको छ l  यस्तै बिद्यार्थी खेलाडीहरुको मूल्य ३,००० रुपैयाँ, स्थानीय तथा जिल्ला खेलाडीहरुको ३,००० देखि ५,००० रुपैयाँ रहनेछ l प्रत्येक टिमका कप्तानहरुको मूल्य रु १५,००० तोकिएको छ l

यदि अक्सनमा एकै खेलाडीलाई धेरै टिमहरुले किन्न चाहेमा गोलाप्रथाद्वारा निर्णय गरिनेछ l

टिमहरुले खेलाडीकिन्न बढीमा १ लाख रुपैयाँ सम्म खर्च गर्न सक्नेछन् l त्यस्तै प्रत्येक टोलीले कम्तिमा ३ जना बिद्यार्थी खेलाडीहरु अनिवार्य रुपमा किन्नुपर्ने छ |

प्रतियोगितामा सहभागी टिम र कप्तान 

टिमको नाम कप्तान
गोलपार्क लायन्स राहुल बिक
एनएससिए टाईगर्स शंकर राना
बुम रक्स्  कृष्ण कार्की
बुटवल फाइटर अमित श्रेष्ठ
ज्ञानोदय गोल्ड्स निशान्त शर्मा
नुसी वारियर मान बहादुर थापा
एससिसी स्टिकर निर्मल थापा
लुम्बिनी केएल महेश मिश्र

प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै उपविजेताले १ लाख प्राप्त गर्ने छन् l उत्कृस्ट खेलाडीले १५ हजार, उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ७ हजार ५ सय प्राप्त गर्ने छन् l इमर्जिंग खेलाडीले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैया प्राप्त गर्नेछन् l

प्रतियोगिताको मुख्य उदेश्य भनेको रुपन्देही जिल्ला भित्र रहेका रास्ट्रीय टिमबाट खेलिसकेका खेलाडीहरु सँग रहेको अनुभव स्कुले बिद्यार्थीमाझ पुर्याउनु रहेको संयोजक भुर्तेलले जानकारी गराउनु भयो |

प्रतियोगिताको लागि टेक्निकल कमिटीको संयोजकको रुपमा नेपालका अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका सञ्जय गुरुङलाई नियुक्त गरिएको छ l रास्ट्रिय क्रिकेटर शक्ति गौचन तथा नेपाल क्रिकेट संघ रुपन्देहीका अध्यक्ष प्रशान्त मल्ल लगाएतको उपस्थितिमा कप्तान र जर्सी सार्वजनिक गरिएको थियो l

यसै साता भदौ २० गते देखि पोखरामा अक्सनमा आधारित अर्को प्रतियोगिता माछापुच्छ्रे क्रिकेट लिग टि-२० सुरु हुँदैछ l डिसेम्बरमा काठमाडौँमा एभरेस्ट प्रिमियर लिग पछि धनगढीमा धनगढी प्रिमियर लिग आयोजना हुनेछ l तिलोत्तमा प्रिमियर लिगसंगै अक्सनमा आधारित प्रतियोगिता नेपालमा ४ वटा पुगेकोछ l

(तस्बिर: संजय गुरुङ )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy