घोषणा भयो डिपीएल खेल्ने टिमहरु, यसरी हुनेछ खेलाडीको लिलामी

विकेटनेपाल, पुष २१ काठमाडौँ

देशकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता धनगढी प्रिमियर लिग खेल्ने टिम तथा कप्तानहरुको घोषणा भएको छ l चैत्र ५ देखि १९ सम्म आयोजना हुने रतियोगितामा देशको बिभिन्न शहरका ६ टोलिहरु सहभागी हुने छन् l

टिम कप्तान मालिक
 सीवाईसी अत्तरिया ज्ञानेन्द्र मल्ल शिर्जनशिल युवा क्लब
बिराटनगर किंग्स शरद भेसावकर महालक्ष्मी केवल ( पारस लुनियाँ )
काठमाडौँ गोल्डेन्स बसन्त रेग्मी गोल्डेनगेट इन्टरनेसनल कलेज ( रमेश शिलवाल )
रुपन्देही च्यालेन्जर्स शक्ति गौचन एसआर ग्रुप ( सुरज उप्रेती )
कंचनपुर आइकोनिक बिनोद भण्डारी पिताम्बर जोशी
टिम चौराहा धनगढी पारस खड्का राजकुमार श्रेष्ठ

बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन माझ घोषणा गरिएको कप्तानहरुको चयन गोला प्रथा द्वारा गरिएको हो l

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमांचल एकेडेमी द्वारा आयोजित प्रतियोगितामा २ वटा टिम ( सीवाईसी अत्तरिया र टिम चौराहा धनगढी ) धनगढीका हुन् भने कंचनपुर आइकोनिक कंचनपुरको हो l यस्तै रुपन्देहीको रुपन्देही च्यालेन्जर्स , बिराटनगरको बिराटनगर किंग्सर काठमाडौँको काठमाडौँ गोल्डेनस् गरी बिभिन्न शहरका ६ वटा टिमको सहभागिता रहेको छ l


यसरी हुनेछ खेलाडी लिलामी  

प्रतियोगितामा दर्ता भएका कुल २१७ जना खेलाडीहरुलाई लिलामी ( अक्सन ) प्रक्रिया द्वारा टिमहरुले छान्नेछन् l पुष २३ गते शनिबार अक्सन हुनेछ l

छानिएका प्रत्येक टिमको कप्तानले १ लाख ५० हजार रुपैया पाउनेछन् जो अक्सनमा सहभागी हुनेछैनन् l

दर्ता भएका २१७ जना खेलाडीहरुलाई ४ वटा समुहमा बिभाजन गरिएको छ l पहिलो श्रेणीको खेलाडीको प्रारम्भिक मूल्य ५० हजार, दोश्रोको ३० हजार, तेश्रोको २५ हजार र चौथोको २० हजारबाट लिलामी सुरुहुनेछ l

एउटा टिमले १४ जना ( कप्तान बाहेक ) खेलाडीको टिम छनौट गर्न रु. ७ लाख रुपैया भन्दा बढी खर्च गर्न पाउने छैन l

प्रत्येक टिमले ४ जना अनक्यापड खेलाडी राख्ने पर्नेछ l

अक्सनमा खेलाडीहरुको बिभाजन र निम्नतम मूल्य यसप्रकार रहेको छ l

१. वर्तमान रास्ट्रिय खेलाडी : रु. ५०,०००
२. रास्ट्रिय ( नेपालको लागि १५ भन्दा कम खेल खेलेको ) र यु-१९ बिश्वकप खेलेका खेलाडी : रु. ३०,०००
३. पुर्ब यु-१९ र बिभिन्न सुमेर समुहका खेलाडीहरु : रु. २५,०००
४. अनक्याप खेलाडी : रु. २०,०००


यस्तो छ पुरस्कार राशी 

प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ६० लाख रुपीय रहेको छ l प्रतियोगिताको बिजेता टोलिले रु. १५ लाख र उप-बिजेता टोलिले रु. ७ लाख पाउनेछ l नेपाली क्रिकेटमा यो हालसम्मकै सर्बाधिक धनराशीको पुरस्कार हो l

प्रतियोगिताको उत्कृस्ट खेलाडीले टिभीएस आरटिआर २०० अपाचे ( TVS Apache RTR 200  ) बाइक पाउनेछ l जसलाई जगदम्बा मोटर्स र जेबी अटोमोटिभ्सले संयुक्तरुपमा प्रायोजन गरेको हो l

यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ l प्रतियोगितामा २८ लाख ५० हजार रुपैया कुल पुरस्कार हुनेछ ।


नहुने भए बिदेशी खेलाडी 

एउटा टिममा २ जना बिदेशी खेलाडी राख्न पाउने भनिएपनि पहिलो संस्करणमा टिमहरुसंगको सल्लाहमा विदेश खेलाडी नराखिने भएको छ l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy