धनगढीमा क्लवस्तरीय क्रिकेट प्रतियोगिता हुने

धनगढीमा क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ काे अायाेजना गर्न लागेको हाे । याे क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने छ ।

धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका खेलाडीहरुको हौसला बढाउन यो प्रतियोगिता संचालन हुन लागेको आयाेजककाे भनाइ छ । याे प्रतियोगिता संचालनले क्रिकेटकाे विकास, विस्तार र खेलप्रति सकारात्मक सहभागिता र सहयोग हुन्छ भन्ने अभिप्राय रहेकाे आयाेजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए । यस प्रतियोगितामा नेपालभरका उमेर समुहका चर्चित क्रिकेट खेलाडी र सिनियर खेलाडीहरुको सहभागिता रहनेछ।

कैलाली जिल्ला क्रिकेट संघ तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघसङ्गको समन्वय र नेपाल क्रिकेट संघ( क्यान)को अनुमति लिई यो प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार केहिदिनमा धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराईने उनले बताए ।

धनगढी सुपरलिग (डिएसएल )लाई प्रायोजक, खेलाडीहरु, प्रशिक्षकहरु,खेलप्रेमी महानुभावहरु, नागरिक समाज, पत्रकारज्युहरु लगायत आम नेपाल तथा बिदेशमा रहनुहुने क्रिकेटप्रेमीहरुको साथ- सहयोग र समन्वय हुने अपेक्षा आयाेजकले गरेकाे छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]