डुप्लेसिसको शतकमा दक्षिणअफ्रीकाद्वारा अस्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत जारि ४५ औं खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीका प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर ३२५ रन बनाउदै अस्ट्रेलियलाई ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रीका सेमीफाइनल दौडबाट बाहिरीसकेको छ। आज यदी अस्ट्रेलियाले जित हात पारेमा सेमीफाइनलमा लिगको विजेताको रुपमा जानेछ। लिग विजेता भएमा अस्ट्रेलियाले लिग चरणको अंकतालिकामा चौथो स्थानमा रहेको टिम न्युजिल्याण्डसंग खेल्नेछ। आज अस्ट्रेलिया पराजित भएमा र श्रीलंकालाई भारतले जितेमा भारतले सेमीफाइनलमा न्युजिल्याण्डसंग खेल्नेछ र अस्ट्रेलिया र इंग्ल्याण्डले दोश्रो सेमीफाइनल खेल्नेछ।

हाल अंकतालिकामा अस्ट्रेलियाको १४ र भारतको १३ अंक रहेको छ। इंग्ल्याण्ड १२ अंक सहित तेश्रो र ११ अंक सहित न्युजिल्यान्ड चौथो स्थानमा रहेको छ। दक्षिण अफ्रीका भने २ जित र ५ हार सहित आठौँ स्थानमा रहेको छ।

डु प्लेसिसको शतकमा दक्षिण अफ्रीकाको ठुलो योगफल   

टस जितेर ओल्ड ट्रयाफर्ड मैदानमा ब्याटिंग गरेको दक्षिण अफ्रीकाको लागी कप्तान फाफ डु प्लेसिसले सर्वाधिक १०० रन बनाए। १२ औं एकदिवसीय शतक बनाउने क्रममा उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जारि विश्वकपमा दक्षिण अफ्रिकी ब्याट्सम्यानको योनै पहिलो शतक हो ।

यस्तै रस्सी भान डर डुसेनले ९५ तथा क्विनटन डीककले ५२ रन बनाए। डुसेनले ९७ बलमा ४ चौका र ४ वटै छक्का तथा डीककले ५१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

पहिलो विकेटको लागि एडेन मारक्रम ( ३४ ) र क्विनटन डीककले ७९ रनको साझेदारी गरे। यस्तै तेश्रो विकेटको लागि डु प्लेसिस र डुसेनले १५१ रनओ साझेदारी गरे।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( ९-०-५९-२ ) र नाथन लायन ( १०-०-५३-२ ) ले २/२ तथा जेसन बेह्रेनडर्फ र प्याट कमिन्सले १/१ विकेट लिए।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]