इमर्जिङ एसिया कप : नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज (शुक्रबार) पाकिस्तान ‘ए’ सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ ।

आजको अर्को खेलमा भारत र यूएईबीच खेल हुनेछ । हिजो बिहीवारदेखि सुरु भएको प्रतियोगितामा श्रीलङ्का र अफगानिस्तानले विजयी सुरुवात गरेका छन् । श्रीलङ्का ’ए’ ले बङ्गलादेश ’ए’ लाई ४८ रनले तथा अफगानिस्तान ’ए’ ले ओमान ’ए’ लाई ७२ रनले हरायो ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टोलीसँग साउन १ गते र तेस्रो खेल यूएईको ‘ए’ टोलीसँग साउन ३ गते खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]