इमर्जिङ एसिया कप : दोश्रो खेलमा नेपाल आज भारत ‘ए’ सँग खेल्दै

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ ।

श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २:१५ बजे दिउँसो सुरु हुनेछ । आजको खेल दिवा-रात्रि हुनेछ र फ्लड लाइटमा खेलिनेछ।

नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारतले आफ्नो पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो। आज जित दर्ता गर्न सके नेपालको सेमीफाइनल सम्भावना कायमै रहन्छ भने भारत विजयी भए उसको सेमीफाइनल सम्भावना बलियो हुनेछ। समुह ‘बि’ मा नेपाल सहित भारत ए, पाकिस्तान ए र युएई ए छन् जसमध्ये शिर्ष २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। समुह ‘ए’ मा श्रीलंका बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् ।

नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ

भारत ए टिम : यश धुल ( कप्तान ) , निकिन जोसी, अभिषेक शर्मा, रियान पराग, प्रदोश रन्जन पौल, साई सुदर्शन, प्रभसिमरन सिंह, मानभ सुथर, राजभर्धन हंगरगेकर, आकाश सिंह, ध्रुभ जुरेल, नितिश कुमार रेड्डी, निशान्त सिन्धु, हर्षित राना, युभराज सिंह दोदिया

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy