इमर्जिङ एसिया कप : दोश्रो खेलमा नेपाल आज भारत ‘ए’ सँग खेल्दै

Nepal players warmup before the start of the ACC Men's Emerging Teams Asia Cup 2023 cricket match between Pakistan A and Nepal at the Colombo Cricket Club Ground, Colombo, Sri Lanka on July 14, 2023. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ ।

श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २:१५ बजे दिउँसो सुरु हुनेछ । आजको खेल दिवा-रात्रि हुनेछ र फ्लड लाइटमा खेलिनेछ।

नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारतले आफ्नो पहिलो खेलमा युएईलाई ८ विकेटले पराजित गरेको थियो। आज जित दर्ता गर्न सके नेपालको सेमीफाइनल सम्भावना कायमै रहन्छ भने भारत विजयी भए उसको सेमीफाइनल सम्भावना बलियो हुनेछ। समुह ‘बि’ मा नेपाल सहित भारत ए, पाकिस्तान ए र युएई ए छन् जसमध्ये शिर्ष २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। समुह ‘ए’ मा श्रीलंका बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् ।

नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ

भारत ए टिम : यश धुल ( कप्तान ) , निकिन जोसी, अभिषेक शर्मा, रियान पराग, प्रदोश रन्जन पौल, साई सुदर्शन, प्रभसिमरन सिंह, मानभ सुथर, राजभर्धन हंगरगेकर, आकाश सिंह, ध्रुभ जुरेल, नितिश कुमार रेड्डी, निशान्त सिन्धु, हर्षित राना, युभराज सिंह दोदिया





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]