पूर्वान्चलको खराब प्रदर्शन जारी, पुलिसको ९ विकेटको जित

sunil dhamala
  • विकेटनेपाल, ११ जेठ

प्रधानमन्त्री कप रास्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पूर्वान्चलले लगातार दोश्रो खेलमा ठुलो अन्तरको हार बेहोरेको छ l दोश्रो हारसंगै पूर्वान्चल प्रतियोगिताबाट बाहिरिएको छ l

स्कोरकार्ड , अंकतालिका 

त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा टस हारेको बिराटनगरले पहिलो इनिंगमा १०४ रन मात्रै बनाउन सकेपछि १०५ रनको लक्ष पुलिसले १ विकेट मात्रै गुमाई पछ्यायो l यस भन्दा अघि पहिलो खेलमा पूर्वान्चलले त्रिभुवन आर्मी क्लबसंग पनि ९ विकेटको हार बेहोरेको थियो जुन खेलमा पूर्वान्चलले पहिलो इनिंगमा मात्रै १०३ रन बनाउन सकेको थियो l

लगातार दोश्रो खेलमा जित हात पारेपछि पुलिस क्लबले दोश्रो चरण पुग्ने सम्भावना मजबुत बनाएको छ l यस अघि हिजो पुलिसले सुदुरपश्चिमाञ्चललाई ७ विकेटले पराजित गरेको थियो l

टस हारेको पुर्वान्चलको लागि मेहबुब आलमले ४० रन तथा आलम दासले १३ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् l ४७ बलमा ३ छक्का र २ चौका प्रहार गरेका आलमलाई मन्जित श्रेष्ठले २६ औ ओभरमा आरिफ शेखको हातबाट आउट गराएपछि पूर्वान्चलले लगातार विकेट गुमाएको थियो l आलम आउट हुँदा ९२/६ को स्थितिमा रहेको उसले बाँकी ४ विकेट १० रन जोड्दै गुमायो l

पुलिसको लागि सिद्धान्त लोहनीले सर्बाधिक ३ विकेट तथा सुशील कंडेल र ललित सिंग भण्डारीले २/२ विकेट हात पारे l लेग स्पिनर लोहनीले ३.१ ओभरमा मात्र ३ रन खर्चिए l

जवाफमा १०५ रनको लक्ष पुलिसले १७.१ ओभरमा भेटायो l अघिल्लो खेलमा अर्धशतक बनाएका ओपनर अमित श्रेष्ठ ७ रन बनाई आउट भएपछि सुनिल धमला र दिलिप नाथले दोश्रो विकेटको लागि ६० रनको साझेदारी गर्दै जितसम्म पुर्याए l

खेलको म्यान अफ द म्याच घोषित सुनिलले अविजित ४९ बलमा ३ चौका र ४ छक्का मदतले ५२ रन तथा दिलिपले ६ चौका मदतले अविजित ३५ रन बनाए l

प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार सुदुरपश्चिमाञ्चल र पूर्वान्चल बीच खेल हुनेछ l पुरा खेल तालिका





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]