नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । टोलि आज दिउँसो २ बजे भारत हुँदै श्रीलंका प्रस्थान गर्नेछ।
आज (सोमबार) काठमाडौँमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
नेपाली टोलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्नेछ । नेपाली क्रिकेट टोलीले टोली आजै श्रीलंका प्रस्थान गर्नेछ ।
नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् । प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ पनि अटाएका छन् ।

ज्ञानेन्द्र मल्ल, करन केसीलाई आराम दिईएको छ भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी-२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।
अन्तिम समयमा पारिवारिक कारणले आरिफ शेखले नाम फिर्ता लिएपछि टिममा अफ-स्पिन अलराउण्डर पवन सर्राफलाई बोलाइएको छ। नेपालको लागि ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र १७ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका सर्राफले अन्तिम पटक गत वर्ष अगस्टमा केन्या भ्रमणमा नेपालको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए।
नेपाली टिम : रोहित पौडेल ( कप्तान ), आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ
प्रतियोगितामा नेपाल सहित ८ देशहरु सहभागी छन्। नेपाल समुह ‘बि’ मा छ जुन समुहमा टेस्ट राष्ट्र भारत ‘ए’ , पाकिस्तान ‘ए’ र युएई ‘ए’ टिम छन्। समुह ‘ए’ मा अफगानिस्तान ‘ए’ , श्रीलंका ‘ए’ , बंगलादेश ‘ए’ र ओमान ‘ए’ छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।
नेपाको खेल तालिका :
१४ जुलाई : विरुद्ध पाकिस्तान ‘ए’
१७ जुलाई : विरुद्ध भारत ‘ए’
१९ जुलाई : विरुद्ध युएई ‘ए’
सम्बन्धित :
इमर्जिङ एसिया कप : १६ सदस्यीय नेपाली टिमको घोषणा