२७ वर्षपछि इंग्ल्याण्ड सेमीफाइनलमा, पाकिस्तानलाई दुखद खबर

महत्वपूर्ण खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै आयोजक इंग्ल्याण्ड एकदिवसीय विश्वकपको सेमीफाइनलमा प्रवेश गर्ने तेश्रो टिम बनेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले १८६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको हो।

इंग्ल्याण्डले हालसम्म विश्वकप उपाधि जित्न सकेको छैन। १९७५ देखि १९९२ को विश्वकपसम्म लगातार ५ पटक सेमीफाइनल पुगेको इंग्ल्याण्ड १९९२ पछि सेमीफाइनल पुग्न सकेको थिएन।

आज जुन टिमले जित्छ त्यो टिमको सेमीफाइनलमा स्थान पक्का रहेको थियो। यस अघिनै अस्ट्रेलिया र भारत सेमीफाइनल प्रवेश गरिसकेका छन्।

जित सहित इंग्ल्याण्डले लिग चरणको सबै ९ खेल खेल्दा ६ जित र ३ हार सहित १२ अंक भएको छ र अंकतालिकामा तेश्रो स्थानमा रहेको छ। न्युजिल्याण्ड अंकतालिकामा चौथो स्थानमा रहेको छ। ९ खेल खेल्दा न्युजिल्याण्डको ५ जित , ३ हार र १ बराबरी सहित ११ अंक रहेको छ।

इंग्ल्याण्डको जितले पाकिस्तानको भने सेमीफाइनल पुग्ने सम्भावना अब लगभग सकिएको छ। पाकिस्तानको भन्दा नेट रन रेट निकै राम्रो भएकोले न्युजिल्याण्ड सेमीफाइनल पुग्ने पक्का जस्तै छ।

पाकिस्तानले सेमीफाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशलाई अपत्यारिलो ढंगले पराजित गर्नुपर्नेछ। बंगलादेशसंग पहिले ब्याटिंग गर्दै ४०० रन बनाए पाकिस्तानले ३१६ रनको विशाल अन्तरले पराजित गर्नु पर्नेछ। यदी पाकिस्तानले ४५० रन बनाए ३२१ रनले तथा ३५० रन बनाए ३११ रनले पराजित गर्नुपर्नेछ।

बंगलादेशसंग पाकिस्तानले पहिले बलिंग गरेमा पाकिस्तान खेल नखेली सेमीफाइनल दौड बाट बाहिरिनेछ। दुई देश बीच खेल जुलाई ५ मा खेलिनेछ।

न्युजिल्याण्डको कमजोर ब्याटिंग 

३०६ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको लागि टम लाथमले सर्वाधिक ५८ रन बनाए भने रस टेलरले २८ तथा केन विलियमसनले २७ रन बनाए।

कमजोर सुरुवात गर्ने क्रममा ओपनर मार्टिन गुप्टिल ८, हेनरी निकोलस खाता नखोली आउट भए। त्यसपछि विलियमसन र टेलरले ४७ रनको साझेदारी गरेका थिए। १६ औं र १७ औं ओभरमा विलियमसन र टेलर दुवै रन आउट हुँदा इंग्ल्याण्ड खेलमा हावी भएको थियो।

तल्लो क्रमका ब्याट्सम्यानले पनि खास योगदान दिन नसक्दा न्युजिल्याण्ड ४५ ओभरमा १८६ रनमा समेटिन पुग्यो।

इंग्ल्याण्डको बलिंगमा मार्क वुडले सर्वाधिक ३ विकेट ( ९-०-३४-३ ) तथा क्रिस वोक्स, जोफ्रा आर्चर, लीयाम प्लंकेट, आदील राशिद र बेन स्टोक्सले १/१ विकेट लिए।

बेयरस्टोको शतक 

रिभरसाइड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले न्युजिल्याण्डलाई ३०६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

अत्यन्त राम्रो सुरुवात गरेको इंग्ल्याण्ड ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले पहिलो विकेटको लागि १२३ रनको साझेदारी गरे।

१९ औं ओभरमा जेसन रोयलाई जेम्स निशमले क्याच आउट गराए। रोयले ६१ बलमा ८ चौका मद्दतले ६० रन बनाए।

रोय आउट भएपछि बेयरस्टो र जोए रुट बीच दोश्रो विकेटको लागि ६९ रनको साझेदारी भयो। २४ रन बनाएका रुटलाई ट्रेन्ट बोल्टले ३१ औं ओभरमा आउट गरे।

त्यसपछि भने न्युजिल्याण्डले खेलमा कम्ब्याक गर्यो।

लगातार दोश्रो शतक बनाएका बेयरस्टो १०६ रन बनाएर आउट भए। यस अघि भारतसंग पनि उनले १११ रन बनाएका थिए। म्याट हेनरीको बलमा बोल्ड हुनु अघि उनले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि बोल्टले ११ रन बनाएका जोस बटलरलाई कप्तान विलियमसनबाट क्याच आउट गराए। २७ बलमा ११ रन बनाएका स्टोक्स दबाब हटाउन ठुलो सट खेल्ने चक्करमा स्यांटनरको बलमा क्याच आउट भए।

१२३/१ ( १८.४ ओभर ) बाट इंग्ल्याण्ड २१४/४ ( ३४.२ ओभर ) को अवस्थामा पुग्यो।

क्रिस वोक्स पनि मात्र ४ रन बनाएर आउट भए। एक किनार सम्हालीरहेका कप्तान ओएन मोर्गन हेनरीको ४७ औं ओभरमा क्याच आउट भए जस अघि उनले ४० बलमा ५ चौका मद्दतले ४२ रन बनाए।

अन्तिममा आदील रशिदले १२ बलमा १६ तथा लियाम प्लंकेटले अविजित १२ बलमा १५ रन बनाए पछि इंग्ल्याण्डले पुरै ५० ओभर ब्याटिंग गर्यो र ३०० को योगफल पार गर्यो।

न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्ट ( १०-०-५६-२ ) , म्याट हेनरी ( १०-०-५४-२ ) र जिमेस निशमले ( १०-१-४१-२ ) ले २/२ तथा टिम साउदीले ( ९-०-७०-१ ) र मिचेल स्यांटनर ( १०-०-६५-१ ) ले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]