इंग्ल्यान्डलाई झट्का, आर्चर वर्षभरि इंग्ल्यान्ड टिमबाट बाहिर

इंग्ल्यान्डका स्टार फास्ट बलर जोफ्रा आर्चर पुरै वर्ष इंग्ल्यान्ड क्रिकेट टिमबाट बाहिर भएका छन्।

आर्चर जारि इंग्ल्यान्ड र भारत बीच टेस्ट सिरिजबाट बाहिर भएका थिए भने यस पछि आईपीएल, टि-ट्वान्टी विश्वकप, एसेज सिरिजको समेत अब उनि टिमको हिस्सा हुने छैनन्। इंग्ल्यान्ड क्रिकेट बोर्डले आर्चरको इन्जुरी बारे सूचना दिंदै उनि यो वर्ष इंग्ल्यान्डले खेल्ने कुनै पनि सिरिजको हिस्सा नहुने पुस्टि गरेको हो।


“पछिल्लो साता जोफ्रा आर्चरको दायाँ हातको कुइनोको स्क्यान गरिएको थियो जसमा स्ट्रेस फ्र्याक्चर देखिएको छ।” इंग्ल्यान्ड क्रिकेट बोर्डले बताएको छ। आर्चर यो वर्ष भारतमा भएको आईपीएलको पहिलो फेजबाट बाहिर भएका थिए जसपछि मे महिनामा उनको कुइनोको अपरेसन भएको थियो। पछिल्लो महिना उनले काउन्टी क्रिकेटमा पुनरागमन गरेका थिए जुन क्रममा उनले आफुलाई अनफिट महसुस गर्दै खेल बीचमा छोडेका थिए। मे मा भएका अपरेसन र अहिले भएको स्ट्रेस फ्र्याक्चर दुई अलग इन्जुरी हो। यसै कारण आर्चरले ब्रेक लिनु परेको हो।

यो वर्ष इंग्ल्यान्डको जर्सीमा नदेखिने भएपछि आर्चरले ट्वीटर पोस्टमा ” सबै कुरा एक कारणको लागि हुन्छ” लेखेका छन्।


आर्चर मैदानबाट बाहिर हुनु इंग्ल्यान्डको लागि ठूलो झट्का बनेको छ। २०१९ मा डेब्यु गरेपछि आर्चर आफ्नो ९० माइल्स/किमीको पेस, योर्कर र बाउन्सरबाट विश्वभरका ब्याट्सम्यानहरुलाई समस्या बन्दै आएका थिए। उनले इंग्ल्यान्डको लागि १३ टेस्टमा ४२ विकेट, १७ एकदिवसीयमा ३० विकेट तथा १३ टि-२० मा १७ विकेट लिएका छन्। इंग्ल्यान्डले २०१९ एकदिवसीय विश्वकप जित्दा समेत आर्चर टिमको महत्वपूर्ण सदस्य रहेका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]