न्युजिल्यान्ड बिरुद्ध इंग्ल्यान्डको जितले रोचक बन्यो सेमीफाइनल समीकरण

न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै इंग्ल्यान्डले टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा १५९ रन मात्र बनायो।

न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान केन विलियमसनले ४० रन बनाएता पनि सुस्त ब्याटिंग गर्दै ४० बलमा ३ चौका प्रहार गरे। फिन एलेन र मिचेल स्यान्टनरले समान १६ रन बनाए।

विलियमसन पन्ध्रौँ ओभरमा आउट हुनु अघि फिलिप्ससंग तेश्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। तर त्यसपछि अन्य ब्याट्सम्यानले फिलिप्सको साथ दिन सकेनन्। जेम्स निशम र डेरेल मिचेल सोह्रौं र सत्रु ओभरमा आउट भए। अठारौं ओभरमा फिलिप्सलाई स्या करनले क्याच आउट गरेपछि इंग्ल्यान्ड पूर्णतः हावी बन्यो। अन्तिम १५ बलमा जित्न ४५ रन आवस्यक हुँदा न्युजिल्यान्डले थप २४ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्ड बलर क्रिस वोक्स र स्याम करनले २/२ तथा मार्क वुड र बेन स्टोक्सले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट क्षेतीमा १७९ रन बनायो।

इंग्ल्यान्ड कप्तान तथा ओपनर जोस बटलर र एलेक्स हेल्सले अर्धशतक बनाउदै उत्कृस्ट सुरुवात दिए। बटलरले ४७ बलमा ७ चौका र २ छक्का मद्दतले ७३ तथा हेल्सले ४० बलमा ७ चौका र १ छक्का मद्दतले ५२ रन बनाए। दुवैले ८१ रनको ओपनिंग साझेदारी गरे। बटलर उन्नाइसौं ओभरमा रन आउट भए।

न्युजिल्यान्ड बलर लकी फर्गुसनले २ तथा टिम साउदी, मिचेल स्यान्टनर र इश सोढीले १/१ विकेट लिए।

अंकतालिका र सेमीफाइनल समीकरण , समुह १ को बाँकी खेलहरु 

इंग्ल्यान्डको जित पछि समुह ‘१’ को सेम्मीफाइनल समीकरण रोचक बनेको छ। न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाले ४ खेल खेल्दा समान ५ अंक बटुलेको छ। श्रीलंकाको समान खेलमा ४ अंक छ।

बाँकी खेलहरु : 

नोभेम्बर ४ : आयरल्याण्ड र न्युजिल्यान्ड , अस्ट्रेलिया र अफगानिस्तान

नोभेम्बर ५ : इंग्ल्यान्ड र श्रीलंका

इंग्ल्यान्डले अन्तिम खेल श्रीलंकासंग, न्युजिल्यान्डले आयरल्याण्डसंग तथा अस्ट्रेलियाले अफगानिस्तानसंग बाँकी रहेको छ। अन्तिम खेलमा इंग्ल्यान्ड, न्युजिल्यान्ड र अस्ट्रेलिया विजयी भएको खण्डमा नेट रन रेटको आधारमा दुई टिम सेमीफाइनल पुग्नेछन्। श्रीलंकाले आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड र अस्ट्रेलिया मध्ये एउटा टिमको हारको कामना गर्नुपर्नेछ।

४ खेलमा ३ अंक बटुलेको आयरल्याण्डको पनि सेमीफाइनल पुग्ने अंकगणितीय सम्भावना बाँकी छ। अन्तिम खेलमा आयरल्याण्डले ठूलो अन्तरले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा र अस्ट्रेलिया र इंग्ल्यान्ड पनि पराजित भएको खण्डमा नेट रनरेटमा आयरल्याण्डको पनि अर्को चरण पुग्ने सम्भावना छ। अफगानिस्तान भने एक खेल बाँकी रहंदा प्रतियोगिताबाट बाहिर भैसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]